शाहीमाथि लागेको अभियोगप्रति ‘स्वतन्त्र राष्ट्रिय अभियान’ को ध्यानाकर्षण

काठमाडौं, जेठ १९, सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमाथि नेपाल प्रहरीले झुटो साइबर अपराधको अभियोगमा म्याद थपेर थुनामा राखेकोप्रति ‘स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल’को गम्भीर ध्यानाकर्षण भएको छ । अभियानका सयोजक स्वागत नेपालले आज विज्ञप्ती जारी गर्दै भनेका छन,‘सरकारले नेपालको संविधानले प्रत्याभूत गरेको मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रता प्रावधान विपरित एक अभियन्तालाई साइबर अपराधको झुठ्ठा आरोप लगाएर पक्राउ गर्नु संबिधान बिरुद्ध उल्टै राज्यको तर्फबाट श्वेत–आतंकपूर्ण अपराध भएको अभियानको ठहर छ ।’
विद्युतीय कारोबार ऐन अनुसार कुनै सामग्री सार्वजनिक गरेकोमा कारोबारमा नोक्सान भएको हुनुपर्छ तर ज्ञानेन्द्र शाहीको कुन अभिव्यक्तिले सरकारको वा सरकारमा बस्ने मान्छेहरुहरुको कति आर्थिक क्षति पुग्यो भन्ने बिषयमा समेत सरकारको ध्यानार्कषण गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘ऐनको प्रस्तावनाको भावनाको विपरित जनतालाई निरंकुशतापूर्वक नियन्त्रण गर्ने प्रयोग गरिएको सो ऐनको गलत अभ्यासलाई अन्त्य गर्नुको सट्टा शाहीलाई पक्राउपछि निर्ममतापूर्वक कुटपिट भएका विवरणहरु सार्बजनिक भएकोमा अभियानको ठहर छ ।’ एउटा अभियन्तालाई पक्राउ गर्नु र पक्राउपछि अंगभंग हुने गरी कुटपिट हुनु झन् निन्दनीय र शासकीय असभ्यता हो । आमअभिव्यक्तिका दृष्टिले मुलुकको शिर विश्वसामू निहुरिएको ठान्दै बर्तमान विश्वमा समेत यस्तो असभ्य शासकहरुबाट शासित प्रजा हुनु परेकोमा यो अभियान आफैँ लज्जाबोध गर्दछ विज्ञप्तीमा उल्लेख छ ।
ज्ञानेन्द्र शाहीले सरकारका बिकृति र जनप्रतिनिधीहरुले गरेका भ्रष्टाचारलाई जनता सामु ल्याएपछि पक्राउ गर्नु भनेको राज्यले आफ्नो कमजोरी लुकाउनु हो भन्दै संयोजक नेपालले यसबाट भ्रष्टाचारीहरुलाई सरकारले संरक्षण दिएको तथ्य अझ स्थापित बनेको टिप्पणी गरेका छन ।
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई रिहाई, उनि माथि लगाएका झुठ्ठा मुद्दा खारेज, उनको निशुल्क उपचार र भबिस्यमा उनको सुरक्षाको प्रत्याभूति दिन ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ जोडदार माग गरिएको उक्त विज्ञप्तीमा जनाइएको छ।
तपाइँको प्रतिक्रिया