जेठ १९,काठमाडौं । काठमाडौंको सानेपामा दुई जीप र एक मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोट कुमारीका चन्द्रमणि मुडभरीको ज्यान गएको हो ।
पत्रकार घिमिरे मोटरसाइकलमा सवार रहेको महानगरीय ट्राफिक महाशखाका एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । प्रहरीकाअनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए भने अनियन्त्रित जीपमा मोटरसाइकल आएर ठोक्किन पुगेको थियो ।



उनीहरुको उपचारका क्रममा मृत्यु भएको एसएसपी पन्तले बताए । पन्तका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।