रोमान्टिक मुडमा साम्राज्ञी र पुष्पल

जेष्ठ १९ – साम्राज्ञी आरएल शाह र पुष्पल खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको चलचित्र ‘मारुनी’ को फस्टलुक सार्वजनिक भएको छ । भदौ १३ गतेलाई प्रदर्शन मिती लक गरेको चलचित्रको फस्टलुक आइतबार सार्वजनिक भएको हो । चलचित्रको २ वटा पोष्टर रिलिज भएको हो ।
सार्वजनिक फस्टलुकमा साम्राज्ञी र पुष्पल फिचर्ड रहेका छन् । फस्टलुकमा साम्राज्ञी र पुष्पल रोमान्टिक मुडमा रहेका छन् । तस्बिरमा साम्राज्ञी र पुष्पलको जोडीलाई सुन्दर देखिएको छ । पोष्टरमामा साम्राज्ञको बोल्ड अवतार देखिएको छ ।
एक तस्बिरमा साम्राज्ञी बोल्ड तरिकाले रुखमा अढेस लगाएर बसेकी छिन् र पुष्पलले उनको कम्मरमा हात राखेका छन् । यस्तै अर्को तस्बिरमा साम्राज्ञी घोडामा चडेकी छिन् भने पुष्पलले त्यो घोडा डोराएका छन् । नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मारुनी’ पूनम गौतमले निर्माण गरेकी हुन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई संजय लामाले खिचेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।
तपाइँको प्रतिक्रिया