मिस एसईई स्टार चितवनको ट्यालेन्ट शो सम्पन्न

एटुजेड समाचार

चितवन, जेष्ठ १९ –  तेस्रो संस्करणको एस्पाएर मिस एसईई स्टार चितवन २०१९ को ‘ट्यालेन्ट शो’ सम्पन्न भएको छ । उध्योग बाणिज्य संघ नारायणगढको हलमा सम्पन्न ‘ट्यालेन्ट शो’मा मिस एसईई स्टार चितवन २०१९ का प्रतियोगिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस एसईई स्टार चितवनका २२ जना प्रतियोगिहरुले आफु भित्र रहेका प्रतिभाहरु प्रस्तुत गरेका थिए । २२ जना मध्य केहीले नृत्य प्रस्तुत गरेका थिए भने केहीले गीत गाएका थिए । यस्तै केहीले आफ्नो चित्रकला, कबिता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोमा मिस चितवनका संस्थापक आयोजक सुजन श्रेष्ठ, एनपीआई नर्सिङकी भाईस प्रिन्सिपल ॠतु घिमिरे र मोडल तथा युवा व्यवसायी सुशान्त सिंह ठकुरी निर्णायकको भूमिकामा रहेका थिए ।

आइतबारको ‘ट्यालेन्ट शो’ मा उत्कृष्ट हुनेले ‘मिस ट्यालेन्ट’ को उपाधी पाउने आयोजक नेपाल डाइरिजका निर्देशक अनिल घिमिरेले ए टु जेड समाचारलाई जानकारी दिए । ‘ट्यालेन्ट शो’ को नतिजा फाइनलको दिन सार्वजनिक गरिने र बिजेतालाई पुरस्कार पनि त्यही दिन नै दिईने उनले बताए ।

प्रतियोगिताको फाइनल यही २४ गते नारायणी रिसोर्ट गैंडाकोटमा हुनेछ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापा फाइनलको मुख्य निर्णायक रहने घिमिरेले जानकारी दिए । फाइनलमा नेपाली चलचित्र क्षेत्र, स्वास्थ्य, शिक्षा, सौन्दर्य र साहित्य क्षेत्रका ख्यातीप्राप्त ब्यक्तीहरु निर्णायकको भूमिकामा रहने उनले बताए । ‘ट्यालेन्ट शो’ मिस एसईई स्टार चितवन २०१८ कि बिजेता निशा खत्रीले सन्चालन गरेकी थिईन् ।

https://www.youtube.com/watch?v=DLB7Q5238Cw

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु