गरिमा विकास बैंकको नयांँ शाखा मिलनचोकमा

जेठ १९, चितवन। गरिमा विकास बैंकले आफ्नो थप शाखा भरतपुर महानगरपालिका वडा नम्बर २६ स्थित मिलनचोकमा विस्तार गरेको छ । आईतबार एक कार्यक्रमका बीच बैंकले नयांँ शाखाको शुभारम्भ गरेको हो । शाखाको उद्धघाटन वडा नम्बर २६ का वडाध्यक्ष श्री ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालज्यूले संयुक्त रुपमा गरेका हुन ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालज्यूले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकप्रति सेवाग्राहीको आर्कषण बढ्दै गएको कारण थप शाखा खोलिएको बताए । यस क्षेत्रमा बैंकहरुको उपस्थिति कम रहेको तर जनघनत्व बढी भएको कारण बैंकको विस्तार गरिएको उनको भनाई छ । बैंक साना तथा मझौला व्यवसायी प्रति बढी केन्द्रीत भएको भन्दै उनले ग्राहकहरुबाट सहयोग प्राप्त भएको खण्डमा जिल्लामा अन्य स्थानमा समेत शाखा थप्दै जाने बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतश्री गोविन्द प्रसाद ढकालज्यूले भरतपुर सदरमुकामबाट केही टाढा रहेपनि यस बैंकले यहांँका जनताको बैकिङ्ग आवश्यकता पुरा गर्न प्रतिबद्ध रहने बताए । विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव कटिबद्ध रहने उनको भनाई छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको चितवनमा यो शाखासहित यो छैठौं शाखा हो । हाल काठमाण्डौं सहित देशभर यस बैंकको ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । सो अवसरमा यस बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखाकार्यालय स्थापना गर्ने जानकारी दिएको छ ।
विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को तेश्रो त्रैमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा गरेको जनाएको बैंकका मुख्य प्रबन्धक संजुप्रसाद जैसवालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया