महानगरको साताव्यापी सरसफाइ अभियान: ्चौथो दिन आज राप्ती तटिय क्षेत्र सरसफाइ

अपिल घिमिरे, जेष्ठ १९,पटिहानी ,विश्व वातावरण दिवस को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज राप्ती तटिय क्षेत्र सरसफाइ सम्पन्न गरिएको छ । भरतपुर महानगर र महानगर भित्र सक्रिय संघ संस्थाहरुको सहकार्यमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा प्रदेश न तीन का प्रदेश सांसद माननीय रामलाल महतो र भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदिको उपस्थिती रहेको थियो। वे ग्रुप, बेटर चितवन, राप्ती तटिय क्षेत्र सरसफाइ अभियान, पटिहानी उपभोक्ता समिति, बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, सुनौलो पटिहानी टोल बिकास संस्था,होटल तथा रेष्टुरेष्ट व्यवसायी लगायतले राप्ती नदी किनार मा सरसफाइ गरेका थिए ।
जंगली जनावर को वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत को बेलशहर मध्यबर्ती सामुदायिक वन क्षेत्र बाट सिसा तथा प्लास्टिक जन्य पदार्थ हरु संकलन गरिएको वे ग्रुप को संयोजक भोज नारायण कडेंलले बताउनुभयो ।भरतपुर महानगरपालिका भित्र
वातावरण संरक्षण र सरसफाइ सम्बन्धित सप्ताहव्यापी कार्यक्रम हरू सञ्चालन भैरहेको छन। वृक्षारोपण, चौतारी सरसफाइ फूलवारी गोडमेल, बिद्यार्थीहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न भैसकेका छन् ।जेठ २० गते हाइवे सरसफाइ, सार्वजनिक यातायात निरीक्षण तथा सरसफाई सम्बन्धि जनचेतना त्यस्तै २० र २१ गते बातावरण संरक्षण सम्बन्धि गोष्ठी गरिने भएकोछ ।साइकल र्याली तथा जनप्रतिनिधि हरु बिच स्लो साइकल रेस र जङ्क आर्ट प्रतियोगिता गर्न लागिएको छ।जेष्ठ २२ गते विश्व वातावरण दिवस को दिन प्रभातफेरिको आयोजना गरि महानगरको कार्यालय भरतपुर मा समापन कार्यक्रम हुनेछ ।
भरतपुर महानगर ले महानगर लाई स्वच्छ र हराभरा बनाउन लागि परिरहेको र नीति नै बनाएर फोहोर व्यवस्थापन को दिगो उपाय अपनाउन योजना बनाउँदै गरेको महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदी प्रयास को भनाइ रहेको छ।प्रदेश सांसद माननीय रामलाल महतो ले सरसफाइ का लागि व्यक्ति संवय घर भित्र बाट परिवर्तन हुन जरूरी रहेको भन्दै कार्यक्रम को सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।भरतपुर महानगरपालिका र यहाँ सक्रिय संघ संस्थाहरूको सहभागितामा रहेको थियो ।
तपाइँको प्रतिक्रिया