स्पेनिस फुटबलर रेयेसको मृत्यु

एटुजेड समाचार

 जेष्ठ १९ – स्पेनिस फुटबलर जोसे एन्टोनियो रेयेसको मृत्यु भएको छ । उनको सवारी दुर्घटनामा परी मृत्‍यु भएको स्पेनिस संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा उनी सँगै अर्का एक जनाएको पनि ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत्‍यु भएका अर्का ब्यक्ती रेयेसको आफन्त भएको बताईएको छ ।

३५ वर्षीय रेयेसले स्पेनिस क्लबहरु सेभिल्ला, रियल मड्रिड, एथ्लेटिको मड्रिड बाट खेलेका छन् । यस्तै उनले प्रिमियर लिग क्लब आर्सनलबाट समेत खेलेका छन् । उनले रियल म्याड्रिडबाट २००६-०७ को सिजनमा ला लिगाको उपाधी जितेका थिए ।

एटलेटिको म्याड्रि दुई पटक युरोपा लिगको बिजेता बन्दा उनले महत्त्वपूर्ण भूमिका रहेको थियो । यस्तै उनले आर्सनलबाट सन् २००४ मा प्रिमियर लिगको उपाधी जितेका छन् । उक्त सिजन आर्सनल अपराजित रहदै उपाधी जित्न सफल भएको थियो ।रेयेस सेभिल्लाका लागि ला लिगा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू