जेष्ठ १९ – इंग्लिस क्लब लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राती सम्पन्न खेलमा प्रिमियर लिग प्रतिद्द्वन्दी टोटेनह्याम हट्स्परलाई पराजित गर्दै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । छैटौं पटक उपाधी जित्ने क्रममा उसले टोटेनह्यामलाई २-० ले पराजित गर्यो ।

