कृषिक्षेत्रको नवीनत प्रविधिको प्रर्वद्धन गर्न कृषि प्रर्दशनी

जेठ १९,चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा प्रयोग गरिने प्रविधि, यस क्षेत्रमा भएका अनुसन्धान र आविश्कार गरिएका कृषिजन्य बीउबीजनको प्रर्वद्धन गर्ने उद्धेश्यले कृषि प्रर्दशनी एवं कृषक मेला आयोजना गर्ने भएको छ ।
यस क्षेत्रमा रहेका कृषक, विद्यार्थी, पेशाकर्मी एवं कृषि उद्यमी बीचको समन्वयलाई थप प्रभावकारी बनाउदै कृषि क्षेत्रको उत्पादकत्व बृद्धि गर्ने उद्धेश्यले प्रर्दशनीको आयोजना गर्न लागेको हो । ‘कृषि ज्ञान, र प्रविधि, विकास र सम्वृद्धिको आधार’ भन्ने नाराका साथ यही जेठ ३२ देखि असार ३ सम्म चल्ने मेलाको बारेमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
पत्रकार सम्मलेनमा बोल्दै प्रर्दशनी एवं कृषि मेलाका अध्यक्ष प्रा.डा. मनराज कोलाक्षपतिले विश्वविद्यालयबाट भएका अनुसँधान, आविश्कार तथा यहांँ उत्पादन गरिएका कृषिजन्य उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘विश्वविद्यालयले विभिन्न क्षेत्रमा अनुसन्धान आविस्कार गरेको छ, उनले भने,यसको साथै मेलामा कृषिमा प्रयोग गरिएको नवीनतम प्रविधिको बारेमा जानकारी दिइनेछ ।’ उनका अनुसार मेलामा कृषीजन्य उत्पादन, सूचना प्रविधि परिषर, मेशीनरी ,वीउबीजन स्टल रहनुका साथै विश्वविद्यालयले गरेका अनुसन्धान तथा आविश्कारको बिशषे स्टल रहनेछ ।
सो अवसरमा बोल्दै विश्वविद्यालयका निर्देशक एवं योजनविद प्राडा अर्जुन कुमार श्रेष्ठले प्रर्दशनीमा कृषक तथा बैज्ञानिक बीच अन्र्तक्रिया कार्यक्रम गरी रैथाने तथा वेमौसमी कृषिजन्य उत्पादनको बारेमा जानकारी दिइने बताए । मेला सम्पन्न गर्न ६ वटा उपसमिति बनाइएको जानकारी दिदै श्रेष्ठले मेला सम्पन्न गर्न करीब ४० लाख खर्च अनुमान गरिएको बताए ।
मेलाले यस क्षेत्रका व्यत्तिहरुको क्षमता वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मेलामा देशभरका कृषि ज्ञानकेन्द्रका कर्मचारी , प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । मेला विश्वविद्यालयको परिषरमा नै सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रम विश्वविद्यालयका उपकुलपति आइपी ढकालको अध्यक्षतमा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया