टिम चितवनले ‘बातावरण र यसको संरक्षण’ बिषयक सेमिनार गर्दै

एटुजेड समाचार

चितवन, जेष्ठ १८ – चितवनमा सकृय बिभिन्न सामाजिक क्लबहरुको छाता संगठन ‘टिम चितवन’ ले बातावरण दिवस २०७६ को अवसरमा ‘बातावरण र यसको संरक्षण’ बिषयक सेमिनार गर्ने भएको छ । दारी ग्याङ, स्माइल नेपाल, हेल्प फर ह्याप्पिनेस, एम डब्लु आर आर लगायतको सामाजिक क्लबहरुको छाता संगठन ‘टिम चितवन’ ले बातावरण दिवसको अवसर पारेर जेष्ठ २० र २१ गते सेमिनार गर्न लागेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ आयोजना हुने सेमिनार युवा तथा महिलाहरुलाई लक्षित गरेर गर्न लागिएको कार्यक्रम संयोजक ॠषि थापाले जानकारी दिए । सेमिनारमा बातावरणविद डा अनुप गुरुङ, सुशिल कुमार कार्की र तुलसी ज्ञवालीले प्रशिक्षण दिनेछन् । २ दिन सम्म चल्ने सेमिनारको पहिलो दिन २० गते सोमबारको कार्यक्रम युवा लक्षित हुने संयोजक थापाले बताए ।

पहिलो दिन बातावरणविद डा अनुप गुरुङ र सुशिल कुमार कार्कीले प्रशिक्षण दिनेछन् । बातावरण कसरी सफा र हरियाली बनाउने भन्ने बिषयमा पहिलो दिनको सेमिनार केन्द्रित हुने बताईएको छ । हाम्रो वरपरको बातावरण कसरी जोगाई राख्ने, रुख बिरुवालाई जोगाएर बातावरण कसरी हरियाली बनाउने भन्ने बिषयमा पहिलो दिन युवाहरुलाई प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।

सेमिनारको दोस्रो दिन सोमबार डा. अनुप गुरुङ र तुलसी ज्ञवालीले महिलाहरुलाई प्रशिक्षण दिने आयोजक मध्यका एक स्माइल नेपालमा अध्यक्ष सन्तोष पन्तले जानकारी दिए । महिलाहरुलाई घर भित्रबाट निस्कने फोहोरलाई व्यवस्थापना गरेर कसरी बातावरण सफा राख्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ । महिला सचेत भएको खण्डमा घरबाट निस्कने फोहोरलाई सही तरिकाले व्यवस्थित गर्न सकिने र त्यसले बातावरण संरक्षणमा ठुलो भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।

कार्यक्रम बि पि कोइराला मोमोरियल क्यान्सर हस्पिटलको हलमा हुनेछ । एक्स्पर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज सहयोगी संस्था रहेको कार्यक्रम बिहान १० बजेबाट अपरान्ह ४ बजे सम्म हुने आयोजकले जानकारी दिएको छ ।कार्यक्रम तयारी तिब्र गतीमा भईरहेको आयोजकले जनाएको छ ।

तस्बिर : युवराज तिमल्सिना

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू