नारायणी किनारमा हुँदैछ नेपालमै पहिलो पटक बिच कबड्डी

चितवन, जेष्ठ १८ – चितवनको नारायणगढमा रहेको नारायणी नदी किनारमा प्रथम राष्ट्रिय बिच पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा नारायणी नदी किनारमा नेपालमै पहिलो पटक बिच कबड्डी प्रतियोगिता हुन लागेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
यही जेष्ठ ६ र ७ गते हुने प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सात प्रदेशका सात टिम रहने छन् भने ३ बिभागीय टोलीको सहभागीता रहने अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले जानाकारी दि ईन् । बिच कबड्डी दक्षिण एसियामा आयोजना भईरहने भए पनि नेपालमा भने पहिलो पटक आयोजना हुन लागेको थापाले बताईन् ।
नेपालले बिभिन्न देशहरुमा आयोजना हुने बिच कबड्डीमा सहभागीता जनाउदै आए पनि अहिले सम्म आफ्नै देशमा प्रतियोगिता नहुनु दु:खद कुरा भएको थापाको भनाई छ । नेपालमै प्रतियोगिता आयोजना गर्नु पर्छ भनेर ठाउँ खोज्दै जादा चितवनको नारायणी किनार उपयुक्त पाईएको उनले बताईन् । नेपालमा बिच कबड्डी आयोजना नभए सम्म खेलाडी उत्पादन गर्न नसकिने थापाले बताईन् । नारायणी किनारमा प्रतियोगिता आयोजना भए सँगै यसले छुट्टै लहर ल्याउने उनको विश्वास रहेको छ ।
२ दिन सम्म चल्ने प्रतियोगितामा ११ लाख ७७ हजार खर्च हुने अनुमान गरिएको छ ।प्रतियोगिताको बिजेताले १ लाख रुपैया प्राप्त गर्नेछ छ भने उपबिजेताले ५० हजार प्राप्त गर्ने संघका महासचिव बिनोद प्रजापतीले जानकारी दिए । यस्तै सान्त्वना स्थान हासिल गर्न्र २ टोलीले २५-२५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको तयारी स्वरुप देशभरबाट खेलाडीहरुलाई एकै ठाउँमा सहभागी गराई तालिम दिईएको प्रजापतीले जनाए । प्रतियोगिताको तयारी भईरहेको उनले बताए । खेल शुरु हुनु भन्दा २ दिन अघी मैदानलाई मिलाउने काम हुने उनले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले नेपालको कबड्डीको राम्रो सभावना रहेको बताए । थोरै स्रोत साधनमा सानो ठाउँमा पनि सजिलै खेल्न सकिने भएको कारण यसको राम्रो सम्भावना रहेको उनले बताए । यस्तै यस किसिमका बिच कबड्डी प्रतियोगिता नेपालमै आयोजना हुँदै जाने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकिने उनको भनाई छ ।
तपाइँको प्रतिक्रिया