यात्रा ग्रुपको दन्त शिविर

नवलपुर, जेष्ठ १८ – यात्रा ग्रुप भरतपुरको निशुल्क दन्त शिविर सम्पन्न भएको छ । ग्रुपको आयोजना तथा सहज सामुदायिक अस्पातल गैंडाकोट ४ र देवचुली नगरपालिका ५ को वडा कार्यालयको सहकार्यमा देवचुली वडा नम्बर ५ बन्दिपुरमा दन्त शिविर सम्पन्न भएको हो ।
शिविरमा सहज सामुदायिक अस्पातलका दन्तरोग बिशेषज्ञ डा पुजनक्रान्ति कायस्थ र निकिता पियाले दन्त परिक्षण गरेका थिए । शिविरमा १०३ जनाले दन्त परिक्षण गराएका थिए । दात सम्बन्धी सामान्य समस्या भएकाहरुलाई निशुल्क औषधी समेत उपलब्ध गराईएको कार्यक्रम संयोजक ध्रुब धिमिरेले ए टु जेड समाचारलाई जानकारी दिए । यस्तै जटिल समस्या भएकाहरुको थप उपचारका लागि सहज सामुदायिक अस्पातलले ५० प्रतिशत छुट दिने धिमिरेले बताए ।
कार्यक्रमका प्रमुख अतिथी देवचुली ५ का वडाध्यक्ष शिवलाल सापकोटाको दन्त परिक्षण गर्दै शिविरको उद्द्घाटन गरिएको धिमिरेले जानकारी दिए । कार्यक्रम बोल्दै शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।उनले उत वडा पिछडिएको वडा भएकोले यस किसिमको शिविर निकै महत्वपूर्ण हुने बताए । कार्यक्रम यात्रा ग्रुप भरतपुरका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया