म गलत भए झुण्डिएर मर्न तयार छु – धुर्मुस

चितवन, जेष्ठ १८ – धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले आफुले गलत कुरा बोलेको भए रुखमा झुण्डिएर मर्न तयार भएको बताएका छन् । चितवनको रामपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको काम आजबाट पुनह शुरु गर्नका लागि आयोजित कार्यक्रममा बोल्दै धुर्मुसले आफुले गलत र बनावटी कुरा गरेको भए रुखमा झुण्डिएर मर्न तयार भएको बताएका हुन् ।
‘रंगशालामा घटेको घटनाको बारेमा सामाजिक सन्जालमा बिभिन्न किसिमका टिकाटिप्पणी आईरहेका छन्, यि चिजहरुलाई मैले प्रष्ट पार्न जरुरी छ उनले भने, मैले कुनै पनि गलत चिज, कुनै पनि बनावटी चिज ब्यक्त गरेको भए अहिले भर्खरै यहीको रुखमा झुण्डिएर मर्न तयार छु ।’ उनले आफु कुनै बनावटी कुरा नराख्ने बताएका छन् ।
यस्तै उनले रंगशालामा घटेको घटनाले आफुलाई रुवाएको बताएका छन् । ‘म हत्तपत्त रुने मान्छे होइन तर मलाई यो घटनामा रोए उनले भने, उनले भने कसैलाई लाग्ला यसले नाटक गर्न रोयो, मेरो मन रोको हो र यो सिङगो नेपालीको मन रोको हो ।’ ‘jun एस् अपना बोकेर यो ठाउँमा आएको थिए, देशको केन्द्रिय भाग यहाँका सम्पूर्ण चितवन बासीहरु एक ढिक्का भएर लाग्नु हुन्छ भन्ने अपेक्षा लिएर यहाँ आएका हौ, हामी हाम्रो घर बनाउन यहाँ आएका होइनौ हामी सिङ्गो देशको आवश्यकको परियोजना बोकेर आएका हौ – उनले थपे ।’
धुर्मुसले यो घटनाले फाउण्डेसन भन्दा पनि स्थानिय बढी दुखी भएको बताएका छन् । ‘हामी त पाहुना हौं, यहाँ हामी केही लिन आएका होइनौ, सबै दिन मात्र आएका हौं, हामी जहाँ जहाँ पुग्छौं केबल दिएर आउछौं, मात्र हामीले इमान्दारिता प्रस्तुत गरेका छौं, अहोरात्र खटीरहदा भएको प्रहार हामी माथि भएको प्रहार होइन, बिकास माथि भएको प्रहार हो – उनले भनेका छन् । घटना पछी बिभिन्न किसिमका टिकाटिप्पणी आएको भन्दै उनले यदी आफुले कुनै बनावटी कुरा गरेको भए झुण्डियर मर्न तयार रहेको बताएका छन् ।
देशको आवश्यकता रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन आउँदा आफुहरुको बारेमा अनेक थरीका टिकाटिप्पणी हुनु दु:खद भएको उनले बताएका छन् । यती ठुलो परियोजना लिएर चितवन आउँदा सहयोगको सट्टा उल्टै केही ब्यक्तीहरु डोजर लगाएर भत्काउन लागि पर्दा निकै दु:ख लागेको उनको भनाई रहेको छ । ‘देशको आवश्यकता रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन अहोरात्र खटिरहदा जो मान्छे हामी सँग पटक पटक संवाद गर्दथे, हामी सँगै बस्दथे, हामी सँगै खान्थे उनीहरु नै डोजर लगाएर भत्काउन गएको देख्द मन दुखेको छ – उनले भने ।’पटक पटक बाटोको बिषयमा पछी छलफल गरौला अहिले काम गर्न दिनुहोस् भनेर आग्रह गर्दा पनि यस्तो घटना घट्दा दु:ख लागेको उनको भनाई छ ।
‘स्थानिय केही मान्छेको संलग्नतामा यो घटना घटेको छ, भ्रम फैलाएर घटेको छ, कतिलाई धम्की दिएका छन्, हामीलाई पनि बारम्बार धम्काएका थिए त्यही मान्छेहरुले यसरी प्रहार गर्दा म टुलु टुलु हेरेर बस्न बाहेक केही गर्न सकिन, यस्तो स्थितीमा पनि म तपाईहरु माझ यही ठाउँमा छु – उनले भने । देश बिदेशबाट यो रंगशाला निर्माणमा सहयोग गर्नेहरुको पनि मन दुखेको छ भन्दै उनले अब यसलाई अघी बढाउने दायित्व स्थानियको भएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया