भत्काउनेले नै उठाए रंगशालाको बार

सुशिल पन्त
चितवन जेष्ठ १८ – जेष्ठ १६ गते देखी निर्माण कार्य रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम फेरी शुरु भएको छ । जेष्ठ १५ गते केही स्थानियले भत्काएको रंगशालाको बार फेरी स्थानियले नै उठाए पछी आजैबाट काम शुरु भएको हो ।
शुक्रबार स्थानिय र धुर्मुस सुन्तली फाउण्डेसन बिच भएको बार्तामा भत्किएको बार स्थानियले नै उठाउने सहमती भएको थियो । उक्त सहमती अनुसारनै आज बिहानै स्थानिय बासिन्दा, बिभिन्न राजनितिक दल, संघ संस्था तथा युवाहरुले भत्किएको बार उठाएका हुन् । भत्किएको रंगशालाको बार उठाउनका लागि हजारौको संख्यामा स्थानियको उपस्थिती रहेको थियो । बाल बालिका देखी युवा तथा बृद्द बृद्दाहरु रंगशालाको बार फेरी उठाउन एक जुट भएका थिए । भरतपुर वडा नम्बर १५ र १६ सँगै अन्य बिभिन्न वडाबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
निर्माण स्थल रामपुरमा आज एक बिशेष कार्यक्रमको आयोजना गर्दै रंगशाला काम फेरी शुरु गरिएको हो । उक्त कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रंगशालामा भएको घटना प्रती दु:ख ब्यक्त गर्दै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको जानकारी दिएकी छिन् । देशले गर्व गर्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनले पाउनु गर्वको कुरा भएको भन्दै बार भत्काउने जस्तो घृणित कार्य फेरी कोही कसैबाट नहोस् भन्ने आग्रह गरेकी छिन् ।
रंगशालालाई चितवनमा स्वागत गरेको ४ महिना पनि बित्न नपाउदै यस्तो घटना घटनु चितवनको लागि लज्जाको बिषय भएको उनको भनाई रहेको छ । लाजले चितवनको शिर निहुरिएको भन्दै मेयर दाहालले यो अभियानमा समग्र चितवन बासी एक जुट भई पुनह चितवनको शिर उच्च बनाउन जरुरी रहेको बताएकी छिन् । यो घटना घट्नुमा कुनै राजनीतिक दलको हात नभएको बताउदै उनले यो नितान्त ब्यक्तिगत स्वार्थको लागि घटाईएको घटना भएको दाबी गरेकी छिन् । दाहालले अब सबैलाई यो अभियान आफ्नै अभियान सम्झेर सफल पर्न तर्फ लाग्न समेत आग्रह गरेकी छिन् ।
‘घटना घटीसक्यो, जे नहुनु थियो भई सक्यो उनले भनिन्, अब फेरी यसलाई सफल पार्न तर्फ लागौ, आजको कार्यक्रमले राम्रो सन्देश दिएको छ अब एक जुट भए लागौ ।’ मेयर दाहालले राज्यले बिकासको लागि कसैलाई पनि बिचल्ली नपार्ने स्पष्ट पारेकी छिन् । उनले डिपीआर तयार भए पछी बाटो कती बनाउने भन्ने टुङगो लाग्ने बताउदै छोरा पाउनु कहिले कहिले भोटो सिउनु अहिले भने जस्तो नगर्न आग्रह गरेकी छिन् । बाटो कहाँ र कत्रो बनाउने भन्ने बारे चिन्ता नलिन मेयर दाहालले सबैलाई आग्रह गरेकी छिन् । जनताको हित बेगर महानगरपालिका कहिले पनि अघी नबढेको बताउदै दाहालले बाटोको बिषयमा चिन्ता नलिन समेत आग्रह गरेकी छिन् । दाहालले चितवनमा रंगशालाको बिषयमा कसैको पनि दुई मत नभेको स्पष्ट पारेकी छिन् ।
कानुन न्याय तथा मानवअधिकार समितीका सभापति तथा क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोख्रेलले केही दिन अघीको घटनाले सबैलाई दुखिद बनाए पनि आज कम्मर कसेर अभियान सफल बनाउन लागेको बिषयले सबैलाई सकारात्मक सन्देश दिएको बताएका छन् । सगरमाथा र गौतम बुद्दको देश भनेर जसरी नेपाललाई चिनिन्छ अब गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको देश भनेर चिनिने बेला आएको उनको भनाई रहेको छ ।
चितवनमा अन्तर्राष्ट्रिय खेलाडीलाई बोलाएर खेलाउन पाउदा चितवन सँगै नेपालको जनताले गर्व गर्ने र त्यसमा पनि रामपुरका जनताहरु खुशीले गदगद हुने उनको भनाई रहेको छ । केही दिन अघीको घटनाले सबैको शिर निहुराए पनि अब त्यसलाई बिर्सेर काम अघी बढाउन पर्ने उनले बताएका छन् ।
‘यो घटनाले सबै शिर निहुराएको छ, अब जे भयो भयो त्यसलाई तितो घटनाको रुपमा बिर्सिएर अघी बढ्नु पर्छ उनले भने,कोदालो हुने कोदालो लिएर, बन्चरो हुनेले बन्चरो लिएर जुटौ ।’ उनले तन मन धनले सहयोग गरेर यो अभियान सफल पर्नु पर्ने बताएका छन् । एकाथ ठाउँमा यस्ता घटना घट्ने भन्दै त्यसलाई छिचोलेर अघी बढ्नु पर्ने उनको भनाई रहेको छ ।
नकपा चितवनका अध्यक्ष यमबहादुर परियारले रोकिएको रंगशालाको काम पुन शुरु गर्नका लागि हजारौको संख्यामा भएको उपस्थितीले चितवनमा रंगशाला बनाएरै छाड्छौ भन्ने सन्देश दिएको बताएका छन् । आजको उपस्थितीले सिङगो चितवन रंगशाला बनाउन पर्छ भन्ने पक्षमा रहेको प्रष्ट हुने उनको भनाई रहेको छ । उनले केही दिन अघी भएको घटना निन्दनिय भएको भन्दै गल्ती गर्नेलाई कारबाही गरेरै छाड्ने पनि बताएका छन् ।
उनले स्थानियको माग जाहेज भए त्यसलाई सम्बोधन गरिने विश्वाश दिलाउदै कसैलाई पनि यो अभियान रोक्न तर्फ नलाग्न आग्रह गरेका छन् । यस्तै उनले यो अभियानका लागि नेकपा चितवन आर्थिक तथा भौतिक सहयोग गर्न सधैं तयार रहने प्रतिबद्दता पनि गरेका छन् ।
भरतपुर महानगरपालिका १५ का वडाध्यक्ष सम्भु भण्डारीले केही दिन अघी रंगशालामा घटेको घटना निन्दनिय भएको बताएका छन् । सहमती र छलफलबाट जानुको सट्टा सिधै तोडफोडमा उत्रनु निन्दनिय भएको उनको भनाई रहेको छ । त्यस घटना पछी स्थानियले नै रंगशालाको बार उठाएर काम शुरु गर्नु अत्यन्तै राम्रो काम भएको भण्डारीले बताए ।
उनले रंगशालाले कसैलाई पनि असर नगर्ने बताउदै फेरी त्यस्ता गतिबिधी नदोहोर्याउन सबैलाई आग्रह गरेका छन् । उनले बाटोको बिषयलाई लिएर रंगशालाको बार भत्काउनु अनुचित घटना भएको भन्दै त्यस्ता कृयाकलाप गरेर राज्यलाई चुनौती नदिन पनि आग्रह गरेका छन् । ‘यो रंगशालाले कसैलाई केही असर गर्दैन, बरु सबैलाई फाईदा नै फाईदा हुन्छ उनेल भने, बाटो जती आवश्यक छ त्यती बन्छ ढुक्क हुनुहोस् ।’
उनले यो परियोजना राष्ट्रकै गौरभको परियोजना भएको भन्दै कसैलाई पनि यसमा बाधा नपुर्याउन आग्रह गरेका छन् । यो अभियानबाट १५ र १६ नम्बर वडालाई सबै भन्दा धेरै फाईदा हुने भएकोले यि दुई वडाले झनै धेरै अपनत्व ग्रहण गर्न जरुरी रहेको उनको भनाई रहेको छ । उनले कानुन हातमा लिने अधिकार कसैलाई नभएको भन्दै फेरी कुनै दिन यस्तो कृयाकलाप गरेर राज्यलाई चुनौती नदिन आग्रह गरेका छन् । यसमा बाधा पुराउने भन्दा पनि हातमा हात राखेर यो अभियानमा सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
रंगशाला निर्माणस्थल भरतपुर १६ का वडाध्यक्ष चतुरमान गुरुङले रंगशालामा भएको घटना प्रती वडा कार्यालयको तर्फबाट क्षेमायाचना गरेका छन् । एेतिहासिक काम भईरहेको स्थानमा त्यस्तो घटना घट्नु निन्दनिय भएको उनले बताएका छन् । वडा कार्यालयलाई जानकारी नै नदिई यस्तो कृयाकलाप गर्नुले वडा नै शिर तल पारेको उनको भनाई रहेको छ । उनले त्यस्तो कृयाकलाप गर्नेलाई कानुन बमोजिम कारबाही हुनु पर्ने समेत बताएका छन् । यस्तै उनले फाउण्डेसनलाई ढुक्का भएर काम अघी बढाउन समेत आग्रह गरेका छन् ।
नेपाली काङ्रेसका जिल्ला सचिव राजिव न्यौपानेले रंगशाला जसरी पनि बनाउनै पर्छ भने पक्षमा नेपाली काङ्रेस रहेको बताएका छन् । नेपालमै पहिलो पटक बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनले पाउनु गर्वको कुरा भन्दै यसमा सम्पूर्ण किसिमको साथ र सहयोग गर्न चितवनबासीलाई आग्रह गरेका छन् । रंगशालाको बार भत्काउने जस्तो कामको जती नै निन्दा गरे पनि नपुग्ने भन्दै एकाथ केही ब्यक्तीको कारण चितवन सँग निराश नहुन न्यौपानेले फाउण्डेसनलाई आग्रह गरेका छन् ।
नेपाल सरकारले गर्न पर्ने काम सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले गरिरहेको भन्दै यसमा बाधा नपुराउन सबैलाई आग्रह गरेका छन् । सबैको मुहारमा उज्यालो छर्दै हिडिरहेका धुर्मुस सुन्तली चितवनमा पनि उक्यालो छर्न आएको बताउदै उनले काधमा काध र हातमा हात मिलाई अघी बाढ्न काङ्रेस तयार रहेको बताएका छन् । उनले निर्माण कार्यलाई एक सेकेन्ड पनि नरोकी अघी बढाउन आग्रह गरेका छन् ।
समाजबादी पार्टीका जिल्ला अध्यक्ष प्रेम भुजेलले फाउण्डेसनलाई काम नरोकी अघी बढ्न आग्रह गरेका छन् । उनले चितवन जिल्लाका सम्पूर्ण राजनितिक दल तथा सिङगो चितवन जस्तो पनि सहयोग गर्न तयार रहेको भन्दै ढुक्क भएर काम गर्न फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई आग्रह गरेका हुन् । उनले बार भत्किए देखी नै जसले भत्काएको हो उसैले उठाउन पर्छ भन्ने आफुहरुको माग रहेको बताएका छन् । बार भत्किए पछी आज फेरी उठाएर चितवनबासीले सकारात्मक सन्देश दिएको उनको भनाई रहेको छ ।
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले यो घटनाले फाउण्डेसन भन्दा पनि स्थानिय बढी दुखी भएको बताएका छन् । ‘हामी त पाहुना हौं, यहाँ हामी केही लिन आएका होइनौ, सबै दिन मात्र आएका हौं, हामी जहाँ जहाँ पुग्छौं केबल दिएर आउछौं, मात्र हामीले इमान्दारिता प्रस्तुत गरेका छौं, अहोरात्र खटीरहदा भएको प्रहार हामी माथि भएको प्रहार होइन, बिकास माथि भएको प्रहार हो – उनले भनेका छन् । घटना पछी बिभिन्न किसिमका टिकाटिप्पणी आएको भन्दै उनले यदी आफुले कुनै बनावटी कुरा गरेको भए झुण्डियर मर्न तयार रहेको बताएका छन् ।
देशको आवश्यकता रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन आउँदा आफुहरुको बारेमा अनेक थरीका टिकाटिप्पणी हुनु दु:खद भएको उनले बताएका छन् । यती ठुलो परियोजना लिएर चितवन आउँदा सहयोगको सट्टा उल्टै केही ब्यक्तीहरु डोजर लगाएर भत्काउन लागि पर्दा निकै दु:ख लागेको उनको भनाई रहेको छ । ‘देशको आवश्यकता रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन अहोरात्र खटिरहदा जो मान्छे हामी सँग पटक पटक संवाद गर्दथे, हामी सँगै बस्दथे, हामी सँगै खान्थे उनीहरु नै डोजर लगाएर भत्काउन गएको देख्द मन दुखेको छ – उनले भने ।’पटक पटक बाटोको बिषयमा पछी छलफल गरौला अहिले काम गर्न दिनुहोस् भनेर आग्रह गर्दा पनि यस्तो घटना घट्दा दु:ख लागेको उनको भनाई छ ।
‘स्थानिय केही मान्छेको संलग्नतामा यो घटना घटेको छ, भ्रम फैलाएर घटेको छ, कतिलाई धम्की दिएका छन्, हामीलाई पनि बारम्बार धम्काएका थिए त्यही मान्छेहरुले यसरी प्रहार गर्दा म टुलु टुलु हेरेर बस्न बाहेक केही गर्न सकिन, यस्तो स्थितीमा पनि म तपाईहरु माझ यही ठाउँमा छु – उनले भने । देश बिदेशबाट यो रंगशाला निर्माणमा सहयोग गर्नेहरुको पनि मन दुखेको छ भन्दै उनले अब यसलाई अघी बढाउने दायित्व स्थानियको भएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया