जे १८,काठमाडौं चौधरी ग्रूपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिएका छन् । उनी भारतको राष्ट्रपति कार्यालयबाट निमन्त्रणा आएपछि बिहीवार दिल्ली गएका हुन् ।
भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोह भारतीय समय अनुसार बिहीवार साँझ सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको थियोे । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन् । सांसद चौधरी आज नै नेपाल फर्किने बताइएको छ ।
सन् २०१४ को मोदीको पहिलो शपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । गुजरातको मुख्यमन्त्री हु“दादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्बन्ध रहँदै आएको बताइएको छ ।
जे १८,
काठमाडौं चौधरी ग्रूपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिएका छन् । उनी भारतको राष्ट्रपति कार्यालयबाट निमन्त्रणा आएपछि बिहीवार दिल्ली गएका हुन् ।