सिलेसेन भित्र्याउने योजनामा भ्यालेन्सिया

एटुजेड समाचार

जेष्ठ १७ – स्पेनिस क्लब भ्यालेन्सियाले बार्सिलोनाका गोलरक्षक जेस्पर सिलेसेनलाई भित्र्याउने योजना बनाएको छ । स्थानिय संचारमाध्यमका अनुसार भ्यालेन्सियाले बार्सिलोनाका डच गोल रक्षकलाई भित्र्याउने प्रयास शुरु गरेको हो ।

सिलेसेनको बार्सिलोना सँगको सम्झौता सन् २०२१ सम्म रहेको छ । तर उनले त्यस अघी नै क्लब छोड्न सक्ने बताईएको छ । उनले क्लबमा पर्याप्त खेल्ने समय नपाएको कारण क्लब छोड्ने मनसाय बनाएको स्रोतको दाबी रहेको छ ।

पछील्लो ३ सिजन उनले बार्सिलोनाबाट जम्मा ३२ खेलमा मौका पाएक छन् । त्यसमा पनि अधिकाशं कोपा डेल रे का खलहरु रहेका छन् । उनले पछील्लो ३ सिजन कोपाका २४ खेलमा मौका पाएका छन् भने ला लिगाको जम्मा ५ खेलमा मौका पाएका छन् । यस्तै उनले च्याम्पियन्स लिगको जम्मा ३ खेलमा मात्र मौका पाएका छन् ।

सिलेसेन सन् २०१६ मा आयाक्स बाट बार्सिलोना गएका थिए । तर बार्सिलोनाको पहिलो रोजाईमा जर्मन गोल रक्षक मार्क आन्द्रे टेर स्टेन रहेको कारण उनले पर्याप्त खेल्ने मौका पाएका छैनन् । क्लब छोड्ने बिषयमा उनले भने पर्ख र हेरको अवस्था रहेको बताएको छन् । उनले छुट्टीको समयमा यस बारे आफ्नो धारणा राख्ने बताएका छन् ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू