सुशिल पन्त
चितवन, जेष्ठ १७ – स्थानियले भत्काएको बार उनिहरुले नै उठाईदिए चितवनको रामपुरमा निर्माण भईरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम एक सेकेन्ड पनि नरोकी शुरु गरिने धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । स्थानिय मिलेर ढालेको पर्खाल उठाएर काम गर्ने स्थिती सृजना गर्ने हो भने रंगशालाको काम एक सेकेन्ड पनि नरोकिने उनले बताएका छन् ।नेकपाका स्थानिय नेता प्रकाश कँडेलको अगुवाईमा स्थानियले रंगशालाको बार भत्काई कर्माचारी तथा कामदारलाई धम्की दिए पछी सुरक्षाको कारण देखाउदै फाउण्डेसन काम स्थगित गरेको छ ।
भरतपुरको होटल गार्डन रिसोर्टले आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै धुर्मुसले यस्तो बताएका हुन् । ‘हाम्रो मात्र अभियान हो भन्ने जस्तो गरेर अब हामी आँफैले भत्केको पर्खाल उठाउने होइन, स्थानियले पनि आफ्नै हो भन्ने ठानेर हातमा हात दिएर काम गर्नु पर्छ उनले भने, यदी स्थानियले भत्काएको पर्खाल स्थानिय आँफैले उठाउएर काम गर्ने बातावरण मिलाइदिने हो भने हामी एक सेकेन्ड पनि काम रोक्दैनौ ।’
उनले धेरै पटक बिभिन्न किसिमका धम्की आउँदा पनि आफुहरु संयमित भएर काम गरेको स्मरण गर्दै पछील्लो घटना पछी भने काम गर्ने बातावरण नै नभएको गुनासो गरेका छन् । ‘हामीलाई धेरै पटक धम्क्याउने, त्रास फैलाउने काम भयो तर हामी कहिले पनि त्यसको प्रतिबादमा उत्रिएनै उनले भने, जे भए पनि संयमित हुनु पर्छ सकारात्मक हुनु पर्छ भनेर सकारात्मक भएरै अघी बढीरहदा यस्तो घटना घटयो ।’ उनले धुर्मुस सुन्तली सबैलाई आफ्नो बनाउन आएको भन्दै उनले कसैलाई पक्राउ गराउनु आफुहरुको कुनै मनसाय नभएको पनि स्पष्ट परेका छन् ।
यस्तै उनले रंगशालाको लागी अहिले सम्म चितवनबाट १५ लाखको हाराहारीमा आर्थिक सहयोग प्राप्त भएको बताएका छन् । अहिले सम्म १ करोड ८५ लाखको हाराहारीमा सहयोग रकम घोषणा भए पनि अहिले सम्म १५ लाख ७ हजार ५ सय ६७ रुपैया प्राप्त गरेको जानकारी दिएका छन् । उनले आगामी दिनमा चितवनबाट अझै धेरै सहयोगको अपेक्षा रहेको बताएका छन् ।


भरतपुरमा रहेको चितवनको सुबिधासम्पन्न होटल गार्डन रिसोर्टले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि १ लाख १ रुपैँया सहयोग गरेको छ । होटलमा नै शुक्रबार आयोजित एक कार्यक्रमका बिच होटलका प्रबन्ध निर्देशक दिलिप मैनालीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै होटलका प्रबन्ध निर्देशक मैनालीले फाउण्डेसनले शुरु गरेको यती ठुलो परियोजना सहयोग गर्न होटल गार्डन रिसोर्ट सधैं तयार रहने बताएका छन् ।
सहयोग रकम लिदै धुर्मुसले होटल गार्डन रिसोर्टले शुरु देखी नै बिभिन्न तरिकाले रंगशालाको लागि सहयोग गर्दै आईरहेको बताए । उनले होटलले समय समयमा कार्यक्रम गर्नका लागि हल तथा बस्नका लागि कोठा उपलब्ध गराउदै सहयोग गरिरहेको जानकारी दिएका छन् । आर्थिक सहयोगका लागि गार्डन रोसोर्ट परिवारलाई धन्यवाद दिदै धुर्मुसले यो अभियान सबै नेपालीको भएकोले सबैलाई अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् ।
होटलका कार्यकारी निर्देशक दीपेन्द्र पोख्रेलले यो अभियानमा सहयोग गर्न पाउदा खुशी लागेको बताएका छन् । होटलमा कार्यरत कर्माचारीको २ दिनको पारिश्रमिक जम्मा गरेर यो अभियानलाई १ लाख १ रुपैया सहयोग गरेको उनले जानकारी दिएका छन् । उनले निर्माणधिन रंगशालामा इट्टा थप्न सकिन्छ कि भनेर सहयोग गरिएको बताएका छन् । उनले अन्य कर्पोरेट हाउसहरुलाई पनि सहयोगको लागि अपिल गरेका छन् । यस्तै उनले रंगशाला निर्माणका लागि आगामी दिनमा पनि सहयोग गर्नका लागि होटल तयार रहेको प्रतिबद्दता गरेका छन् ।
यसै बिच मनहरी क्रसर उध्योगका संचालक रेगन पन्तले रंगशाला निर्माण अभियानका लागि २ लाख सहयोग घोषणा गरेका छन् । उनले घोषित रकम केही दिन भित्रै हस्तान्तरण गरिने बताएका छन् । यस्तै उनले रंगशाला निर्माणका लागि आवश्यक परेको खण्डमा मेसिनरी सामाग्रीहरु पनी उपलब्ध गराउने बताएका छन् ।
https://www.youtube.com/watch?v=NI1bZ211uE4