नवलपुरको बिष्णुनगरमा एनआईसी एशिया बैंकको सेवा

सदिक्षा गैरे ,कावासोती १७ जेठ ,नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ६ बिष्णुनगरमा एनआईसि एशिया बैकले शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबार आयोजित एक समारोहका बिच कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले सेवाको शुभारम्भ गरेका हुन । शाखा रहित बैकिङ्ग सेवाको शुभारम्भ गर्दे उपप्रमुख मर्द्नियाले एनआईसि एशिया बैंकले गाउंँ गाउंँमा बैंकिङ्ग सेवा पुर्याएकोमा खुशी व्यक्त गरे । कावासोती नगरपालिका वडा नम्बर ६ का स्थानीयहरु अब बैकिङ्ग सेवाका लागि टाढा जान पर्ने बाध्यता हटेको भन्दै उनले जनताको घरदैलोमा बैकिङ्ग सेवा पुर्याई सेवा दिएकोमा बैंक व्यवस्थापनको प्रशंशा गरे ।
कार्यक्रमका बिषेश अतिथि कावासोती वडा नम्बर ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डे (हेमु)ले कावासोतीको बिष्णुनगरमा एनआईसि एशिया बैंकको शाखा रहित बैकिङ्ग सेवा खुल्नु सकारात्मक कुरा भएको बताउनुभयो । उहांँले यस सेवापछि नागरिकहरुमा बचत गर्ने बानीको विकास हुने भन्दैं सरल रुपमा नागरिकहरुले कर्जा समेत प्राप्त गर्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा कावासोती वडा नम्बर १ का अध्यक्ष नारायण पन्तको उपस्थिति रहेको थियो । यस सेवाबाट सबैभन्दा बढी कावासोती –६ र कावासोती –१ का वासिन्दाहरु लाभान्वित हुनेछन् ।
कार्यक्रममा एनआईसि एशिया बैंक कावासोती शाखाका शाखा प्रमुख एवम् दलदले क्लष्टर अन्र्तगतका प्रमुख अशोक पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न भएको हो । बिष्णुनगरमा खुलेको यो शाखा रहित बैंकिङ्ग सेवा देशभरमा २९ औ सेवा केन्द्र हो । यहांँबाट रकम निकाल्न , झिक्न , खाता खोल्न , एटिएम कार्ड तथा कर्जा का लागि निवेदन दिन सकिने कार्यक्रमका अध्यक्ष पन्तले जानकारी दिए । बिष्णुनगर बैकिङ्ग सेवा एनआईसि एशिया बैंकको कावासोती शाखा अन्र्तगत संचालन हुनेछ ।
तपाइँको प्रतिक्रिया