रिहा लगतै विप्लवका दुई कार्यकर्ताले पार्टी त्यागे

जेठ १६,दाङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै घोराही निवासी पंचराम नेपाली र दिलबहादुर सार्कीले बिहीबारदेखि पार्टी त्योगेको घोषणा गरेको जानकारी दिएका हुन् ।
उनीहरु दुबै जनालाई यसअघि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले अब स्वतन्त्र जीवन व्यतित गर्ने जानकारी दिएका छन् । प्रहरीको थुनामा रहेका उनीहरुले रिहा भए लगतै पार्टी त्याग गरेको घोषणा गरेका हुन ।
तपाइँको प्रतिक्रिया