आफ्नै कर्मचारीकी श्रीमतीलाई जबर्जस्ती करणीकाे गरेको आरोपमा उद्योग सञ्चालक जेल चलान

माेरङ, जेष्ठ १६ – विराटनगरमा आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई जब करणी गरेको आरोपमा उद्योग सञ्चालक पुर्पक्षका लागिजेल चलान भएका छन् ।उद्योग सञ्चालक विराटनगर-३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्र प्रसाद पोखरेलको इजालसले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।अदालतको आदेशपछि गौतमलाई पुर्पक्षको लागि जिल्ला कारागार मोरङमा पठाइएको छ । गौतम विराटनगर-३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । लामो समयदेखि सञ्चालित उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि-डिजाइनका काम र सीटीपीको प्लेट बन्ने गरेको छ ।
त्यही उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई गएको वैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको परिवार बसेको कोठाभित्र लगेर जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित परिवारले गएको वैशाख १८ गते प्रहरीमा उजुरी दिएपछि मोरङ प्रहरीले त्यसैदिन गौतमलाई पक्राउ गरेको थियो ।
तपाइँको प्रतिक्रिया