काठमाडौं, जेष्ठ १६ – नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको लिग नखेल्ने भएका छन् । माल्दिभ्सको टिसी स्पोट्र्स क्लब सँगको सम्झौता रद्द भए सँगै त्यहाको लिग नखेल्ने भएका हुन् ।
उनले नेपालको खेलको कारण माल्दिभ्सको क्लब सँगको सम्झौता रद्द गरेका हुन् । उनले माल्दिभ्सको लिग भन्दा पनि राष्ट्रिय टोलीको खेललाई प्राथमिकता दिएका छन् । राष्ट्रिय टोलीको खेल र माल्दिभ्सको लिग एकै समयमा भएको कारण उनले यस्तो निर्णय लिएका हुन् ।


किरण र क्लबबीच यो सिजनको लागि लिखित सम्झौता भइसकेको थियो । तर उनले राष्ट्रिय टोलीको खेल रोजे । किरणले राष्ट्रिय टोलीलाई प्राथमिकतामा राखे पछी क्लबले उनलाई सम्झौता रद्द गर्न आग्रह गरेको थियो ।नेपालले जुन २ तारिखमा मलेसियासँग प्रतिस्पर्धा गर्दै छ भने जुन ६ मा चाइनिज ताइपेइसँग खेल्दैछ ।