मलेसिया र चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली टिमलाई विदाई

एटुजेड समाचार

काठमाडौं, जेष्ठ १६ – अखिल नेपाल फुटबल सघं (एन्फा) ले मलेसिया र चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टिमलाई विदाई गरेको छ ।

एन्फाले मलेसिया र चाइनिज ताइपेसँग खेल्ने नेपाली टिमलाई आज सातदोबाटोमा एक कार्यक्रमका बिच विदाई गरेको हो । बिदाई पछी नेपाली टिम बिहीबार नै मलेसिया प्रस्थान गर्नेछ ।विराज महर्जनको कप्तानीमा रहेको नेपालले जुन २ तारिखमा मलेसिया र ६ तारिखमा चाइनिज ताइपेसँग खेल्ने तालिका रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू