सुदूरपश्चिम र प्रदेश ५ ले अंक बाँडे

काठमाडौं, जेष्ठ १६ – सुदूरपश्चिम प्रदेश र प्रदेश ५ ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा अंक बाँडेका छन् । खेलको क्रममा भारी बर्षा भए पछी दुबै टोलीले अंक बाँडेका हुन् । प्रदेश ५ ले सुदूरपश्चिमले दिएको १८९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गर्ने क्रममा बर्षा भए पछी खेल रद्द भएको हो । खेल रद्द भए पछी दुबै टिमले एक–एक अंक बाँडेका हुन् ।
खेल रद्द हुनु अघी १८९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ५ ले १९ ओभरको क्षतिमा ४ विकेटको क्षेतीमा ५६ रन बनाएको थियो । उसका लागी शुभेन्दु पाण्डेले २९ रन बनाए । सुदूपश्चिमका लागि विनोद लामाले दुई विकेट लिए ।
त्यस अघी टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम ४९.५ ओभरमा १८८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ६२ रनको अर्धशतकिय पारी खेले भने नरेश बोहराले ३१ रन बनाए ।प्रदेश ५ को लागि सिद्धान्त शाही,जितेन्द्र सहनीले र कृष्ण कार्कीले समान २–२ विकेट हात पारे ।
तपाइँको प्रतिक्रिया