क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले गर्यो निलम्बन

एटुजेड समाचार

चितवन,जेठ १६ – निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निलम्बन गरेको छ। निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो ।

 

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’

भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ । विज्ञप्तीमा घटनामा संलग्न सबैलाई कानुनी कारवाही गरी क्षतिपूर्ती भराउन माग गरेको छ । नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु