अस स्टडिजको ‘आईईएलटीएस एण्ड अष्ट्रेलिया एक्स्ट्रा भेगेन्जा विक’ शनिबारबाट

चितवन, जेष्ठ १६ – अस स्टडिज चितवनको ‘आईईएलटीएस एण्ड अष्ट्रेलिया एक्स्ट्रा भेगेन्जा विक’ शनिबारबाट शुरु हुने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै अस स्टडिजले एक्स्ट्रा भेगेन्जा विक आयोजना गर्न लागेको हो । कार्यक्रम जुन १ देखी जुन ६ तारिख (जेष्ठ १८ देखी २३ गते) सम्म अस स्टडिजकै कार्यालयकृष्ण प्लाजा सहिदचोकमा चल्नेछ ।
एक हप्ता सम्म चल्ने कार्यक्रममा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई आईईएलटीएस र पिटिईमा कसरी उच्च अंक प्राप्त गर्ने भन्ने बिषयमा परामर्श दिईनेछ । यस्तै अष्ट्रेलियाका शैक्षिक निती नियमका बारेमा समेत विद्यार्थीहरुलाई परामर्श दिईने अस स्टडिजका चितवन शाखा प्रमुख अशोक कुमार बिकले ए टु जेड समाचारलाई जानकारी दिए ।
कार्यक्रममा अष्ट्रेलियाका युनिभर्सिटी र त्यहा पढाई हुने बिषयका बारेमा पनि विद्यार्थीहरुले परामर्श लिन सक्नेछन् । विद्यार्थीहरुलाई परामर्श दिनका लागि सातै दिन बिज्ञहरुको बिशेष उपस्थिती रहने बताईएको छ । सोही कार्यक्रममा उपस्थित भई परामर्श लिने विद्यार्थीहरुलाई आईईएलटीएस र पिटीईमा बिशेष छुट दिईने समेत बिकले जानकारी दिए ।
कार्यक्रमलाई प्रभावकारी र रमाइलो बनाउनका लागि बिभिन्न खेलहरु समेत खेलाइनेछ । कार्यक्रममा बिभिन्न इन डोर खेलहरु खेलाईने र बिजेताहरुलाई पुरस्कारको व्यवस्था समेत गरिने बिकले बताए । यस्तै फ्री रिफ्रेस्मेन्टको समेत सुबिधा रहने उनले बताए । कार्यक्रमको तयारी तिब्र पारीएको छ ।यसै बिच सोही मितीबाट बुटवल शाखामा पनि ‘आईईएलटीएस एण्ड अष्ट्रेलिया एक्स्ट्रा भेगेन्जा विक’ शुरु हुनेछ ।
तपाइँको प्रतिक्रिया