क्लबको अन्तिम खेलमा हाजार्ड चम्किदा चेल्सी युरोपा च्याम्पियन

जेष्ठ १६ – प्रिमियर लिग टोली चेल्सी युरोपा लिगको च्याम्पियन बनेको छ । गए राती सम्पन्न फाइनलमा प्रिमियर लिग प्रतिद्द्वन्दी आर्सनल बिरुद्द सहज जित निकाल्दै चेल्सी युरोपा लिगको बिजेता बनेको हो ।
अजरबैजानको बाकुमा भएको खेलमा चेल्सीले आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्यो । चेल्सीको जितमा इडेन हजार्डले दुई तथा ओलिभर जिरुड र पेड्रो रोड्रिग्वेजको समान १ गोल गरे । हाजार्डको लागि यो नै चेल्सीको तर्फबाट अन्तिम खेल थियो । नयाँ सिजन उनले अर्को क्लबबाट खेल्नेछन् । आसर्नलका एलेक्स इओवीले एक मात्र सान्त्वना गोल फर्काए ।खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । तर दोस्रो हाफमा चेल्सीले आर्सनललाई निकै दबाबमा राख्यो ।
४९औं मिनेटमा जिरुडले इमरर्सनको पासमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६०औ मिनेटमा चेल्सीले अग्रता दोब्बर बनायो । उसका लागि पेड्रो दोस्रो गोल गरे । उनले हजार्डको पासमा गोल गदै चेल्सीलाई २–० को अग्रता दिलाए ।जिरुडलाई आर्सनलका मेटल्यान्ड निल्सले बक्सभित्र लडाए पछी ६५औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई हजार्डले गोलमा परिणत गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाए ।
६९औं मिनेटमा आर्सनलले खेलमा फर्कने संकेत गरेको थियो । एलेक्स इओवीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुराएका थिए । तर, ७२औं मिनेटमा हजार्डले जिरुडको पासमा गोल गरेपछी चेल्सी ४–१ को फराकिलो जित निकाल्दै युरोपा लिग च्याम्पियन बन्न सफल भयो ।एजेन्सी
तपाइँको प्रतिक्रिया