एकदिवसीय विश्वकप क्रिकेट आजबाट
जेष्ठ १६ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आजबाट लण्डनमा शुरु हुँदैछ ।१२औं संस्करणको विश्वकप क्रिकेटको आज लण्डन स्थित किनिङटोन ओभलमा भब्य उद्घाटन हुँदैछ ।
उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । आयोजक इंग्ल्यान्ड घरेलु मैदानमा जितका साथ विश्वकपको सुखद सुरुवात गर्ने दाउमा रहेको छ । आफ्नो घरेलु मैदानमा घरेलु समर्थकको साथमा उच्च मनोबलका साथ मैदान उत्रनेछ । इंग्ल्यान्ड यस पटक बलिङ ब्याटिङ र फिल्डिङ तिनै पक्षमा बलियो देखिएको कारण उपाधीको प्रमुख दाबेदारको रुपमा रहेको छ ।
उता दक्षिण अफ्रिका पनि यस विश्वकपको सुखद सुरुवात गर्ने योजनामा रहेको छ । यस पटक उपाधी दाबेदारको रुपमा हेरिएको अफ्रिकाको टोली पनि बलियो रहेको छ । अफ्रिकाको पनि बलिङ ब्याटिङ र फिल्डिङ तिनै पक्ष बलियो रहेको छ । यसर्थ आजको उद्घाटन खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
जुलाई १४ तारिखसम्म चल्ने विश्वकपका इङ्ल्यान्ड र वेल्समा हुनेछ । विश्वकपमा आयोजक इङल्यान्ड सहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोली सहभागी छन् ।
विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ । यो हाल सम्मकै ठुलो धनराशीको पुरस्कार हो ।एजेन्सी
तपाइँको प्रतिक्रिया