जेष्ठ १६ – धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको देशकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार नेकपाका स्थानिय नेता प्रकाश कँडेलको अगुवाईमा डोजर लगाएर भत्काए पछी त्यसको चौतर्फी बिरोध भईरहेको छ । रंगशालाको बार भत्काउने मुख्य अभियुक्त नेकपाका स्थानिय नेता कँडेल सहित सबैलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै चौतर्फी बिरोध आवाज उठिरहेको छ ।
यसै क्रममा पत्रकार रवि लामिछानेले उक्त घटना पछी आफ्नो धारणा सार्वजनिक गरेका छन् । हाल कार्यक्रम ‘सिधा कुरा जनता सँग’ को दौरान अष्ट्रेलियामा रहेका पत्रकार लामिछानेले पर्खाल भत्किए पनि शाहस र हिम्मत नभत्किए रंगशाला बनेरै छाड्ने बताएका छन् । सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । उनले शाहस र हिम्मत नभत्किए रंगशाला बन्ने भन्दै धुर्मुस सुन्तलीलाई एक रती पनि नडगमगाउन अनुरोध गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन् – ‘राज्यले गर्नुपर्ने रंगशाला निर्माण एक कलाकार जोडिले गर्दापनि नसहनेहरुले निर्माण स्थलमा डोजर चलाएछन। यस्ता गुन्डागर्दी गर्नेहरु माथि कडा कार्वाही होस्। त्यो भन्दापनि ठुलो कुरा धुर्मुस सुन्तलीको हौसला एक रति नडगमगाओस। पर्खाल भत्किएर के भो र शाहस र हिम्मत नभत्किए रंगशाला बन्छ बन्छ। झन धेरै समर्थन र अझै धेरै साथ धुर्मुस सुन्तलीलाई।’
https://www.youtube.com/watch?v=OiGwhP8DZy4
यस्तै उनले राज्यले गर्न पर्ने काम एक कलाकार जोडिले गर्दा पनि देखी नसहनेहरुले रंगशालामा डोजर लगाएको प्रती आपत्ति जनाउदै यस्ता गुन्डागर्दी गर्नेहरु माथि कडा कार्वाहीको माग गरेका छन् । उनले यो घटना पछी धुर्मुस सुन्तलीलाई अझै धेरै समर्थन र साथ मिल्ने समेत बताएका छन् ।


https://www.youtube.com/watch?v=pjmO16DmfsI&t=3s