नरहरि आचार्यको ‘गणतन्त्रको यात्रा’ को अन्तरसंवाद

एटुजेड समाचार

चितवन, जेष्ठ १५ – कैलाशनगरको कविडाँडा साहित्य समाजको आयोजना तथा वीपी चिन्तन प्रतिष्ठानको सह आयोजनामा नरहरि आचार्यको ‘गणतन्त्रको यात्रा’ पुस्तकको अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताको बिशेष उपस्थिती रहेको थियो । नेता थापा संगै लेखक नरहरि आचार्य र कविडाँडा साहित्य समाजको अध्यक्ष एल.वी क्षेत्रीमा पुस्तकको अन्तरसंवाद गरेका थिए ।

कार्यक्रममा विभिन्न समीक्षकहरुले पुस्तक माथि समीक्षा गरेका थिए । पुस्तक माथि समीक्षा गर्दै प्रमुख समीक्षक गगन थापाले नरहरिको पुस्तक गणतन्त्रको दिवसको दिन टिप्पणी गर्न पाउँदा ज्यादै उत्साहित भएको बताए । पुस्तक सरल, स्पष्टी रहेको भन्दै नरहरिको व्यक्तित्व जस्तै गणतन्त्रको यात्रा पनि उस्तै रहेको थापाले बताए । नेपाली कांग्रेसको उद्देश्य भनेको समृद्द नेपाल बनाउनु रहेको उनको भनाई रहेको थियो ।

सो अवसरमा अर्का समीक्षक वीपी चिन्तक प्रतिष्ठानका अध्यक्ष एकनारायण पौडेलले पुस्तकमा साहित्य मात्र नभएर राजनितिक विषयवस्तु पनि रहेको रहेको बताए । पुस्तकमा नयाँ नेपाल र संघिय गणतन्त्रको बारेमा व्याख्या गरेको पौडेलले बताए ।त्यस्तै अर्का समीक्षक नेपाली कांग्रेस चितवनको नेता रामकृष्ण घिमिरेले पुस्तकमा ६२÷६३ को आन्दोलनको बारेमा सबै वृन्तात कुराहरु रहेको बताए । सो कार्यक्रममा लेखक आचार्यले आफु अवस्थस्थ भए पनि आफ्ना विचार धारणा राख्न पाएकोमा खुशी लागेको बताए । उनले देशमा स्वतन्त्रता र समानताको नारा चलिरहेको कारण पुस्तकको नाम ‘गणतन्त्रको यात्रा’ राखिएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु