बजेट वितरणमुखी भयो, कार्यान्वयन हुनै सक्दैन – कांग्रेस सभापति देउवा

काठमाडौं, जेष्ठ १५ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटलाई वितरणमुखी भनेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमाथि प्रतिक्रिया दिँदै बजेटमा नयाँ कुरा केही नभएको र खर्च गर्ने क्षमताविनै कार्यक्रमहरु राखिएको बताएका छन् ।
सरकारले कार्यान्वयन नै गर्न नसक्ने बजेट ल्याएको उनले टिप्पणी गरे ।‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ’ उनले भने ।
तपाइँको प्रतिक्रिया