काठमाडौं, जेष्ठ १५ – बुधवार प्रस्तुत भएको नयाँ वर्षको बजेटप्रति पूर्वअर्थमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निराशाजनक टिप्पणी गरेका छन् ।यो बजेटलाई पुरानै निरन्तरताको रुपमा व्याख्या गर्दै उनले निराशाजनक टिप्पणी गरेका हुन् ।
यो तरिकाले लगानीमा गुणात्मक वृद्धि हुननसक्ने उनको भनाई रहेको छ । । ‘यत्तिकैमा भित्री/बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला ? त्यो बिना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला ?,’ उनले भने ।बजेटले गुणात्मक परिणाम नदिने निष्कर्ष निकालेका भट्टराई भन्छन्, ‘पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन ।’



नयाँबर्षको बजेट पुरानै निरन्तरतामा देखियो; केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक!यत्तिकैमा भित्री/बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला?त्यो विना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला?पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन!
भट्राईले बजेट लोकपि्रय र वितरणमुखी भएको बताएका छन् । उनले यो बजेटलाई विगतकै निरन्तरताको संज्ञा दिए ।‘सामान्य अर्थमा ठीकै छ । निरन्तरतामा आएको छ । केही सकारात्मक पक्षहरु पनि छन् ,’ भट्टराईले भने, ‘उद्योगमा अलिकति प्रवर्द्धन गर्ने ढङ्गले उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा भन्सार घटाउने, सार्वजनिक ऐनमा सुधार गर्ने कुरा लगायतका सकारात्मक छन् । सामाजिक क्षेत्रमा शिक्षाका क्षेत्रमा सामाजिक सुरक्षाका कुराहरुलाई सकारात्मक मान्नुपर्छ ।’