काठमाडौं, जेष्ठ १५ – सरकारले आर्थिक वर्ष २०७६/०७ का लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।
काठमाडौं उपत्याकामा अन्तर्राष्ट्रिय खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेश र स्थानीय तहमा प्रदेशस्तरको रंगशाला, खेलग्रामको निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । त्यस्तै, निर्माणाधिन अवस्थामा रहेको मुलपानी क्रिकेट मैदान सम्पन्न गर्न १० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् ।त्यस्तै, सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि बजेट छुट्याएको छ ।