शक्ती र अस्मिताको ‘अरेली’ सार्वजनिक (भिडियो सहित)

चितवन, जेष्ठ १५ – चितवनबाट लोक गीत संगीतमा पाइला चालेका शक्ती कुमार गोदर र अस्मिता डिसीको नयाँ गीत सार्वजनिक भएको छ ।अस्मिता र शक्तीको समधुर स्वरले भरिएको ‘अरेली’ बोलको सार्वजनिक भएको हो । फोकस नेपालको प्रस्तुती रहेको गीत बुधवार फोकस नेपालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा दीपेन्द्र ठकुरीको शब्द संगीत रहेको छ भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा चर्चित लोक दोहोरी गायस रामजी खाड, अनिल सुनार र संगिता सुनारको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन तथा नृत्य निर्देशन रहेको गीतको भिडियोलाई करण चैसिरले खिचेका हुन् । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=boJC9FulSio
गीत सार्वजनिक गर्दै गायक शक्ती तथा गायिका अस्मिताले दर्शकहरुको माया र साथको अपेक्षा रहेको बताएका छन् । उनिहरुले गीत हेरेर र सुनेर प्रतिकृया दिन आग्रह समेत गरेका छन् । गीतका लागि निकै मेहनत गरिएकोले त्यसको फल पनि राम्रै आउने अपेक्षा रहेको शक्ती र अस्मिताको विश्वास रहेको छ ।
तपाइँको प्रतिक्रिया