लगातार तेस्रो जितका साथ आर्मी प्रधानमन्त्री कपको सेमिफाइनलमा

काठमाडौं, जेष्ठ १४ – कर्णाली प्रदेशलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको खेलमा आर्मीले लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले पराजित गर्यो । यो सँगै आर्मीले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
२९१ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३५.१ ओभरमा १७३ रनमा समेटियो । उसका लागि सुशान्त थापाले ३१, ललित प्याकुरेलले २८, दिवन पुनले २६ र उनिस सिंहले २० रन बनाए पनि टोलीको हार भने टार्न सकेनन् । आर्मीका सुशान भारीले चार विकेट लिए ।
त्यस अघी टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले ६६ रन बनाए । त्यस्तै, रोहितकुमार पौडेलले ५६ रन बनाउँदा हरिकृष्ण झाले ५२ रन बनाए ।कर्णालीका ललित प्याकुरेलले पाँच विकेट लिए ।
तपाइँको प्रतिक्रिया