खोसियो नेयमारको कप्तानी पद, आल्भेसले पाए मौका

जेष्ठ १४ – ब्राजिलका स्टार खेलाडी नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको छ । अनुशासनका कारण उनको कप्तानी पद खोसिएको स्रोतको भनाई रहेको छ । नजिकिदै गरेको कोपा अमेरिकाको लागि घोषित अन्तिम टोलीबाट उनको कप्तानी पद खोसिएको छ ।
ब्राजिलका प्रशिक्षक टिटेले उनको स्थानका ड्यानी आल्भेसलाई कप्तानको जिम्मेवारी दिएका छन् । क्लब फुटबलमा पनि नेयमार र अल्भेस एउटै क्लबबाट खेल्ने गर्दछन् । यि दुबै खेलाडी पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
नेयमारले आठ महिनाअघि मात्र कप्तानको जिम्मेवारी पाएका थिए । तर कप्तानको जिम्मेवारी पाएको ८ महिनामा नै उनलाई कप्तानबाट हटाईएको हो । पछील्लो समय अनुसानको कुरालाई लिएर नेयमारको आलोचना हुने गरेको छ ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया