बार्सिलोनाले मुख्य प्रशिक्षक भाल्भार्डेलाई बर्खास्त गर्दै

जेष्ठ १४ – ला लिगा च्याम्पियन बार्सिलोनाले आफ्नो मुख्य प्रशिक्षक एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गर्ने भएको छ । स्पेनिस संचारमाध्यमहरुका अनुसार बार्सिलोनाले भालभेर्डेलाई बर्खास्त गर्ने तयारी गरिरहेको छ ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा व्यहोरेको लज्जास्पद हार र कोपा डेल रेमा पनि लज्जास्पद हार नै व्यहोरे पछी क्लबले भाल्भार्डेलाई बर्खास्त गर्ने तयारी गरेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल बिरुद्द ३-० ले अग्रता लिएको बार्सिलोना दोस्रो लेगमा ४-० ले पराजित भएको थियो । उक्त हार पछी बार्सिलोना यस पटक पनि च्याम्पियन्स लिगको फाइनल पुग्नबाट बन्चित भएको थियो ।
यस सिजन ट्रेबल जित्ने दाउमा रहेको बार्सिलोना बार्सिलोना च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोरे पछी कम्तीमा २ वटा उपाधी रक्षा गर्ने दाउमा रहेको थियो । तर केही दिन अघी मात्र कोपा डेल रेको फाइनलमा भ्यालेन्सिया सँग पराजित भए पछी बार्सिलोनाको त्यो सपना अधुरै भयो ।
लगातार महत्वपूर्ण खेलमा हार व्यहोरे पछी क्लब उनलाई बर्खास्त गर्ने निर्णयमा पुगेको बताईएको छ । भाल्भार्डेको प्रशिक्षण शैलीमा लामो समय देखी प्रश्न उठिरहेको थियो । उनी २०१७ मा एथ्लेटिक क्लबबाट बार्सिलोना गएका थिए । उनी बार्सिलोना छोडेर सेभिया जान सक्ने बताईएको छ । बार्सिलोनाले उनको स्थानमा बेल्जियममा प्रशिक्षक रोबेर्टो मार्टिनेजलाई भित्र्याउन सक्ने बताईएको छ । (एजेन्सी)
तपाइँको प्रतिक्रिया