सपना रोकालाई ‘दिलकी रानी’ बन्न भनेपछी (भिडियो सहित)

जेष्ठ १४ – दिल कुमार रानाको प्रस्तुती ‘दिलकी रानी’ बोलको गीत सार्वजनिक भएको छ । गीत मंगलबार सार्वजनिक भएको हो । गीतमा प्रबेग लामा आवाज भरेका छन् । सार्वजनिक गीतमा बिष्णु कौछाको शब्द तथा कृष्ण कौछाको संगीत रहेको छ । गीतमा यकुप राईको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा सपना रोका र कृष्ण कौछाको अभिनय रहेको छ । गीतमा कृष्णले सपनालाई आफ्नो दिलकी रानी बनाउन खोजेका छन् । सञ्जय कौछाले निर्देशन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । गीतमा बिरेन्द्र भट्टको सिनेमाटोग्राफी रहेको छ ।
तपाइँको प्रतिक्रिया