कृष्ण सेन इच्छुकको स्मृतिमा दीप प्रज्ज्वलन

जेठ १३,चितवन । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा सोमबार साँझ भरतपुरको चौबीसकोठीमा दीप प्रज्ज्वलन गरिएको छ ।
प्रेस संगठन चितवनद्वारा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दिप प्रज्वलन गरेर सम्झिए ।
कार्यक्रममा दिप प्रज्वलन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश सदस्य तथा प्रदेश नम्बर तीनका सांसद घनश्याम दाहाल (अविनाश) ले स्वर्गीय सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो । दाहालले उहाँले देखाएका आर्दशलाई अनुशरण गर्नसके मात्र सेनको सच्चा स्मरण हुने बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारले स्वर्गीय सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या गरेको प्रसंग कोट्याउँर्दै उहाँले नेपाली समाजलाई दिनुभएको योगदान अनुकरणीय र अकाट्य रहेको बताउनु भयो ।
कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु सुरेश चन्द्र अधिकारी, सालिकराम नेपाल, शिशिर सिंखडा,अनन्त प्रकाश सुबेदी, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सृजना अर्याल, नेपाल पत्रकार महासंघका प्रदेश कमिटिका सदस्यहरु प्रविण बराल, रामकान्त पौडेल, कोमलचन्द्र भगत, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी, सान्ता अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल प्रेस सेन्टरका अध्यक्ष प्रकाश ज्ञवाली , पत्रकार लगायतको उपस्थिति रहेको थियो । नेकपा प्रदेश संगिता भटराई ई, अर्जुन पाठक, अधिकारकर्मी मिना खरेल सदस्य र पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
पत्रकार तथा कवि कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर पासविक हत्या तत्कालिन सरकारले गरेको थियो । कार्यक्रम प्रेस संगठन चितवनका नेता प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया