उपराष्ट्रपति कप महिला लिग ६ महिना सन्चालन हुने

काठमाडौं, जेष्ठ १३ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ६ महिना लामो उपराष्ट्रपति कप महिला लिग फुटबल हुने भएको छ । भाद्र २० गतेबाट ६ महिना लामो लिग शुरु हुने एन्फाले जनकारी दिएको छ । लिग भाद्र २० भदौबाट सुरु भई माघ २८ गते समाप्त हुने बताईएको छ ।
डबल लिग राउन्डमा खेलाईने प्रतियोगितामा ३ विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँगै ७ प्रदेशले सहभागीता जनाउनेछन् । सात प्रदेशमा हुने छनोट प्रतियोगिताको विजेताले लिगमा स्थान बनाउनेछ ।
तपाइँको प्रतिक्रिया