जनतालाई तर्साउन खोजेको भन्दै थापाले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं, जेष्ठ १३ – काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा मागेका छन् ।प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा नेता थापाले गृहमन्त्रीले जनतालाई सुरक्षा दिनुको सट्टा तर्साउन खोजेको भन्दै रजिनामा मागेका हुन् ।
‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ? नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । हमीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो – उनले भने । थापाले सरकारले अधिनायकवादतर्फ सोचले अगाडि बढ्दै गए काँग्रेसले ठेगान लगाउने बताए । ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ – उनले भने ।
तपाइँको प्रतिक्रिया