रहेनन् देवगन

जेष्ठ १३ – बलिउड अभिनेता अजय देवगनका पिता चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको । केही समययता बिरामी रहेका देवगनको सोमबार निधन भएको हो । उनलाई सान्ताक्रुजको सूर्या अस्पतालमा भर्ना गरिएको थियो । जहाँ सोमबार उनलाई कार्डिएक एरेस्ट भएको थियो ।
वीरु देवगन अन्तिम संस्कार आज साँझ नै भिले पार्लेस्थित श्मशान भूमिमा गरिनेछ । वीरु बलिउडका सबैभन्दा पुराना द्वन्द्व निर्देशक तथा स्टन्टम्यान मध्येका थिए । वीरुको परिवारमा पत्नी वीणा, दुई छोराहरु अजय (अभिनेता), र अनिल देवगन (निर्देशक) र एक छोरी छिन् । छोरीको बिहे भइसकेको छ । अनिल देवगन अविवाहित छन् । अजयको बिहे काजोलसँग भएको हो ।
वीरुले सत्ते पे सत्ता, स्वर्ग से सुन्दर, दस नम्बरी, मिस्टर नटवरलाल, क्रान्ति, राम तेरी गंगा मैली, आखिरी रास्ता, मिस्टर इण्डिया, फूल और कांटे । इश्क जस्ता ८० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरेका थिए । १९९९ मा उनले निर्माता निर्देशकको रुपमा हिन्दुस्तान की कसम बाएका थिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया