हिमाल सागर स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीत ‘ए माया ‘चर्चामा (भिडियो)

जेठ १३ -गायक हिमाल सागरको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ए माया ‘बोलको सार्वजनिक गीतमा चर्चित अर्जुन पोखरेलले संगीत दिएका छन्।दीपक प्रसाद ओलीको शब्द रहेको गीतमा संगीत संयोजन पनि संगीतकार पोखरेलको नै रहेको छ ।
गीतको भिडियोमा नायक पल शाह र नायिका वर्षा राउतको अभिनय रहेको छ।वैँशालु उमेरमा युवायुतीमा हुने माया प्रेम र रोमान्सपछि जोडी बाँध्ने कुरालाई मुख्य विषय बस्तु बनाइएको गीतको भिडियोमा वर्षा र पल गज्जबसाग खुलेका छन् ।
आईतबार द डिभाइन म्यूजिकको युट्युव मार्फत सार्वजनिक गरिएको ‘ए माया ‘लाई २ लाख ५५ हजार भन्दा बढी पटक हेरिएको छ ।११ हजार भन्दा बढी लाईक मिलेको यस गीतमा ७ सय बढी कमेन्ट आएको छ।गीतको कम्नेट गीतलाई सबैले मन पराएको प्रतिक्रिया दिनुको साथै पल शाह र वर्षा राउत मिलेको बताएका छन्।
गीतको भिडियो लाई चर्चित म्यूजिक भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन तथा विकाश धमलाको सम्पादन रहेको छ ।
तपाइँको प्रतिक्रिया