आज पत्रकार कृष्णसेन इच्छुकको आज १७ औं स्मृति दिवस

जेठ १३ -पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको आज १७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ। प्रेस संगठन नेपालले देशैभर विभिन्न कार्यक्रम गर्दैछ।
इच्छुकको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमो केहिबेरमा कोटेश्वर पेरिसडाँडामा स्मृतिसभा हुने प्रेस संगठन नेपालले जनाएको छ। आजभन्दा १७ वर्षअघि ०५९ जेठ १३ गते माओवादी सशस्त्र द्धन्द चलिरहेको बेला तत्कालिन महेन्द्र पुलिस क्लबको हिरासतमा पत्रकार तथा साहित्यकार इच्छुकलाई यातना दिएर राज्यपक्षबाट मारिएको थियो।
तपाइँको प्रतिक्रिया