धमाधम एसपीको सरुवा: चितवनमा राठौर गए, मल्ल आए

चैत्र १२,काठमाडौ । प्रहरी प्रधान कार्यालयले धमाधम एसपीको सरुवा गरेको छ । जस अनुसार देशका विभिन्न जिल्लामा गरी ४५ जना प्रहरी उपरिक्षक९एसपी० को सरुवा भएका छन ।
सरुवा हुनेहरुमा दानबहादुर मल्ल चितवन आइपुगेका छन भने चितवनबाट सरुवा भएका शुशीलसिंह राठौर अपराध महाशाखामा सरुवा भएका छन । यस्तै आइजीपीको सचिवालयमा रहेका दानबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, र सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ ।
त्यसैगरी, विश्व अधिकारीको मोरङ, यज्ञविनोद पोखरेलको जिल्ला प्रहरी कार्यालय सुनसरीमा र जिल्ला प्रहरी कार्यालय पाल्पामा श्याकृष्ण अधिकारीलगायतको सरुवा भएको छ । भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।
त्यसैगरी, सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, बर्दियामा राजेश बाँस्तोलाको सरुवा भएको छ ।
त्यसैगरी, नवलपरासी ९पश्चिम०मा लालमणि आचार्य, सप्तरीमा मनोज यादव, धनकुटामा सुदर्शन कोइराला र इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।
यस्तै, इटहरी ट्राफिकमा भिम दाहाल, बुटवल ट्राफिकमा मधुसूदन लुइँटेल, अपराध महाशाखामा सुशील राठौर संँगै सीआइबीमा आभुषण तिम्सिनाको सरुवा भएको छ ।
तपाइँको प्रतिक्रिया