कालिका हत्या प्रकरण : घटनाले नयांँ मोड लियो, आज पोष्टमार्टम हुन सकेन

चितवन, १२ जेष्ठ ।कालिका नगरपालिका वडा नं। १ लंकालाईन ९गडुवा० स्थित आफ्नै घरमा भएको हत्या प्रकरणमा चोरिले मारेको भन्ने आशंका गरिएपनि अझै दोषी पत्ता लाग्न सकेको छैन , जसका कारण घटना थप रहस्यमय बनेको छ भने, दोषी उम्कने शंका उत्तिकै छ, । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी का अनुसार भोलि जेठ १३ गते बिशेष डाक्टरको टोलीले पोष्टमार्टम गर्नेछन ।
मृतक ४७ वर्षीय कुमार सिंह श्रेष्ठ आज बिहान घरकै कोठामा मृत अवस्थामा भेटिएका हुन् । बेलुका खाना खान घरमा नआएका बुबा कुमार सिंह श्रेष्ठले करिव ८ः३० बजेतिर छोरा सुमन श्रेष्ठसँग फोनमा घर आउन ढिला हुने बताएपछि घरपरिवार खाना खाएर माथिल्लो तल्लामा सुतेका थिए ।
मृतकका छोरा सुमनका अनुसार घरको सबै ढोका लगाइएको र बुबा आउन बाँकी भएकाले मुल ढोका भने लक नगरी छाडिएको उनले बताए ।मृतक श्रेष्ठ कति बजे घर आएर सुते, उनको कसरी हत्या भयो वा राती चोरले हत्या गरी सुनका गहना लुटे, घटना रहस्यमय भएको छ ।
स्थानीयले भने घटनामा राती चोरी गर्ने समूह आई उनको हत्या गरी लगाएको ५ तोला सिक्री र ३ तोलाको औठी लगेको हुन सक्ने आशंका गरेका छन् । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख ९डिएसपी० सन्तोष आचार्यले घटना भएको थाहा पाउने बित्तिकै बिहानै आफू सहित प्रहरीहरु घटनास्थल पुगी अनुसन्धान थालेको बताए ।
प्रहरी घटनास्थल पुगे लगत्तै सो क्षेत्रलाई सिल गरी अनुसन्धान थालेको थियो । घटनास्थलमा इट्टाका टुक्रा भेटिएको छ, त्यस्तैगरी कागजको १ थान मेडिकल मास्क भेटिएको उनले बताए । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर समेत तत्काल ल्याई घटनाको ट्रयाकिङ्ग समेत गरिएको उनले बताए । मृतक श्रेष्ठको घाटीमा सामान्य निलडाम देखिएको र शरीरको अन्य भागमा भने सामान्य देखिएको उनले बताए । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डिएसपी दुर्गाराज रेग्मी सहितको टोली घटनास्थलमा आइपुगेको थियो ।
प्रहरीले घटनास्थलको अनुसन्धान र मुचुल्का पश्चात् पोष्टमार्टमको लागि मृतक श्रेष्ठको शरीरलाई दिउसो भरतपुर अस्पताल लगेको कालिका वडा नं।१ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्गले जानकारी दिए । \
अहिले यसै भन्ने अवस्था छैन, अनुसन्धान पश्चात् दोषी पक्राउ गरी कारवाही गरिने र घटनाको सत्यतथ्य कुरा बाहिर ल्याइने रेग्मीले बताए ।घटना जानकारी पाएलगत्तै उनको घर वरपर सयौँ स्थानीयहरु उपस्थित भएका थिए । उनीहरुले घटनाको यथार्थ विवरण छिटो भन्दा छिटो बाहिर ल्याउन प्रशासनलाई अनुरोध समेत गरेका छन ।
तपाइँको प्रतिक्रिया