नवलपुर एफ एमले एजुकेसन फेयर आयोजना गर्ने

नवलपुर, जेष्ठ १२ – कावासोतीको नवलपुर एफ एम १०४.७ मेगाहर्जले प्रथम नवलपुर एडु (एजुकेशन) फेयर–२०१९ गर्ने भएको छ । नवलपुर क्षेत्रको शिक्षाको अवस्थाको बारेमा जानकारी गराउदै नवलपुरलाई नै उचित शैक्षीक गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यको साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
यहि जेठ १७ र १८ गते कावासोती ३ को स्वस्तीक पार्टि प्यालेसमा कार्यक्रम गरिने आज पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको हो ।पहिलो दिनको उद्धघाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षा संकायका डिन कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।
नवलपुर र आसपासका जील्लाका शिक्षा शाखाका प्रमुख तथा कलेज प्रमुखहरु सँग अन्तरक्रिया गरिने कार्यक्रममा नवलपुर र चितवनका ५००० विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । करिब २८ कलेज तथा माध्यमिक तहका विद्यालयहरुको स्टल रहने कार्यक्रमको अनुमानित खर्च ८ लाख लाग्ने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क निशुल्क गरिएको छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपुरका अध्यक्ष होमराज रानाभाटले नवलपुर क्षेत्रकै प्रतिनिधित्व गर्दै संचार संस्थाले आयोजना गर्न लागेको यस कार्यक्रमले राष्टिय स्तरमै राम्रो सन्देश दिने बताए ।नवलपुर एफएम का प्रबन्ध निर्देशक मुना दाहालको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपुरका अध्यक्ष होमराज रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै नवलपुर एफ.एम.ले विगत २ महिनादेखि एसइइ र कक्षा १२ का विद्यार्थीका लागि शैक्षीक गन्तव्य रोज्न सहज होस् भन्दै कार्यक्रम करियर काउन्सीलिङ्ग सञ्चालन गर्दै आएको छ । हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार सञ्चालन गरिएको कार्यक्रम करियर काउन्सीलिङ्ग मा नवलपुर र चितवनका शैक्षीक व्यक्तित्वहरु सँग अन्तरक्रिया गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया