खाद्यपदार्थको स्रोतको गुणस्तर सुधार्न सुझाव

सूर्यप्रसाद अधिकारी जेठ १२, चितवन । बजारमा बिक्री भईरहेका खाद्य पदार्थमा मिसावट भइरहेको गुनासो आइरहेको बेला तयारी खाद्यपर्दाथको स्रोतनै कम गुणस्तरको हुने गरेको कृषक, व्यवसायीले बताएका छन ।
सरकारले तयारी खाद्य तथा दुग्धपदार्थको मापदण्डमा कडाई गरेसंँगै उनीहरुले स्रोतको गुणस्तर सुधार्न सुझाव दिएका हुन । शनिबार नारायणगढमा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौको आयोजनामा भएको ‘तेल, पानी, दुध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धी सरोकारवाला तथा उपभोक्ता भेला कार्यक्रममा’ कृषक तथा व्यवसायीले आफूलाई राज्यले हतोत्साही बनाउने निर्देशिका ल्याएको बताए ।
कार्यक्रममा बोल्दै स्थानीय दुग्ध किसान युवराज भण्डारीले दुध तथा दुग्ध पदार्थ निर्देशिका साना किसानको घांँटी निमोठ्न ल्याएको भन्दै यसलाई सुधानु पर्ने बताउनु भयो । ‘सरकारले हामीले उत्पादन गरेको दुधको मापदण्ड बनाउने, दाना,चोकरको मापदण्ड चाहिं खोइर्’ उहांँले प्रश्न गर्नुभयो । चोकर,दानाको गुणस्तर नसुधारेसम्म दुधमा चाहेजस्तो गुणस्तर उत्पादन नहुने उहांँको भनाई थियो । सहभागी अन्य वक्ताहरुले तयारी खाद्यपदार्थमा गुणस्तर नहुनुमा कृषक ,व्यवसायी मात्र दोषी नभई खाद्य पदार्थको श्रोत र कच्चा पदार्थमै मिसावट भएर आउने गरेको बताएका थिए ।
मुग्लिन बजारकी पानी उद्योग संचालिका हर्क कुमारी गुरुङ्गले राज्यले मापदण्ड र निर्देशिका कडा बनाउंँदै लगेको तर सेवा सुविधा भने केही नदिएको गुनासो गर्नुभयो । ‘गुणस्तर कार्यालयले कम गुणस्तरको पानी भनेर दोष देखाउंँछ , तर यहांँ प्रयोग हुने मेशिन र केमिकलनै कम गुणस्तरको आउंँछ’ उहांँले भन्नुभयो । आफूले नयांँ मेशिन ल्याउन पटक पटक ताकेता गरेतापनि भारतबाट ९ महिनापछि मात्र यहांँ भित्रयाउन मात्र सफल भएको बताउनु भयो । कुनैपनि ऐन कानुन निर्माण गर्दा एकपक्षीय ढंगलेमात्र निर्माण गर्न नहुने भन्दै उहांँले यसलाई सन्तुलित ढंगले लैजानुपर्ने सुझाव दिनुभयो ।
अर्का किसान बालकृष्ण आचार्यले चोकर, दानामा वालुवा मिसाइने गरेको, भिटामीन, औषधीमा अखाद्य वस्तु हुने गरेको भन्दै यस्ता उत्पादक कम्पनीहरुको उद्योगमै निगरानी गर्नुपर्ने बताउनु भयो । ‘अस्वस्थ खाना खुवाएपछि , उत्पादन पनि स्वस्थ हुदैन’ उहांँले भन्नुभयो । सो अवसरमा बोल्दै विभागका निर्देशक संजीव कुमार कर्णले राज्यले किसान व्यवसायीलाई हतोत्साही गर्ने उद्धेश्य नभई खाद्यपदार्थको स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको बताउनु भयो । ‘हामीले किसान व्यवसायीको मर्का बुझेका छौं, तर उपभोक्ता अधिकारलाई वेवास्ता गर्न मिल्दैन’ उहांँले भन्नुभयो ।
जेठ महिनालाई खाद्य सुरक्षा दिवसको रुपमा मनाइएको बताउंँदै उहांँले समाजमा जनचेतना जगाउन र विकृतिलाई न्यूनिकरण गर्न र दायित्व बोध गराउन निर्देशिका लागु गर्नुपरेको बताउनु भयो । कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले दुध, पानी, तेल को स्वच्छता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै खाद्य वस्तुमध्ये तेल, पानी दुधमा धेरैनै जोखिम रहेकोले यसको स्वच्छता कायम गर्न, र उत्पादकलाई ऐन नियम पालना गराउन निर्देशिका जारी गरिएको बताउनु भयो । उत्पादनको प्रभावकारीता बढाउन , क्षमता वृद्धि गर्न तथा नियमनको लागि निर्देशिकाको आवश्यकता रहेको बताउनु भयो । अझैपनि यस्ता खाद्य पदार्थमा महंगो तेलमा सस्तो तेल मिसाउने, विभिन्न रंगहरु मिसाउने र अन्य खाद्य पदार्थमा हानिकारक तथा अखाद्य बस्तु मिसाएर बेच्ने गरेको पाइएकोले निर्देशिका अपरिहार्य रहेको बताउनु भयो ।
विभागका जिल्ला न्यायधिवक्ता सचित वाइवाले खाद्य ऐन नियममा भएका व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सर्वसाधारण र जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न, मिसावट रोक्न निर्देशिका जारी गरिएको बताउनु भयो । राज्यले उत्पादनका स्रोतहरुमा समेत बिशेष निगरानी गर्ने भन्दै उहांँले यसलाई नियन्त्रण गर्न उपभोक्ता तथा उत्पादक समेत सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य सघ, चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ,चितवनका सचिव किशोर वगाले , दुग्ध विकास बोर्डका सदस्य भागीरथ तिमिल्सिना लगायतले बोल्नु भएको थियो । कार्यक्रम उद्योग वाणिज्य सघ, चितवनको सहयोगमा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया