प्रचण्ड र ओली पेप्सी र कोकाकोला जस्तै हुन ः नेता चौधरी

जेठ ११, चितवन । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष द्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई पेप्सी र कोकाकोलाको संज्ञा दिनुभएको छ ।
देशमा लोकतन्त्र हराउंँदै गएको र अधिनायकबाद फष्टाउंँदै गएको भन्दै दुवैको चरित्र कत्तिपनि फरक नभएको बताउनु भयो। ‘प्रचण्ड र ओली पेप्सी कोकाकोला हुन,उहांँले भन्नुभयो, यिनीहरुको चरित्र अधिनायकवाद र अराजक छ’ ।
सरकारमा बसेका मानिसहरुनै अलोकतान्त्रिक रहेको भन्दै शान्ति सम्झौता भएपनि देशमा शान्ति नभएको बताउनु भयो । नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान अन्तर्गत आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहांँले सरकारलाई लक्षित गर्दै देशमा हार्डकोर आपराध मौलाउंँदै गएको बताउनु भयो । ‘विधान छ रुल अफ ल छैन’ उहांँले भन्नुभयो ।
देशमा स्वेत आतंक स्टेट टेरर हाबी भएको भन्दै उहांँले समाजलाई राजनीतिक हतियार बनाएर समाजलाई नियन्त्रण गर्ने प्रयास अहिलेको सरकारले गरेको बताउनु भयो । भष्ट्राचार र लुटतन्त्रले सीमा नाघिसकेको बताउंँदै नेता चौधरीले शान्ति प्रक्रिया अधुरो रहेको र अपराधी छुटिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेता चौधरीले कांँग्रेसको यो हिमाल तराई, पहाड मधेशको पहिलो चरणको काम शुरु भएको जानकारी दिनुभयो । जागरणको उद्धेश्यबारे बताउंँदै उहांँले आन्तरिक समिक्षा, संगठन विस्तार र सरकारको नकारात्मक गतिविधिको खबरदारी गर्ने काम रहेको बताउनु भयो । कांँग्रेसको जागरण अभियान अन्र्तगत द्धन्दपिडीतको रिपोर्ट तयार पार्ने, जनआन्दोलनमा पीडितहरुको रिपोर्ट केन्द्रमा बुझाउने लगायतका काम गरिने पनि उहांँले बताउनु भयो ।
सो अवसरमा बोल्दै चितवन जिल्लाका सभापति जीतनारायण श्रेष्ठले कम्युनिष्ट सरकार कुशासन, अनियमितता , भ्रष्टाचार ग्रसित रहेकोले यसका विरुद्ध शशक्त ढंगले अघि बढ्ने बताउनु भयो । जिल्लाका वडा, नगर सबै गरेर २० हजारभन्दा बढी क्रियाशिल सदस्य परिचालन गरिने समेत उहांँले बताउनु भयो ।
केही दिनयता सरकार र सरकारमा रहेको पार्टीका कार्यकर्ताको कारण चितवनको वातावरण धमिलिएको भन्दै श्रेष्ठले सरकारमा रहेको पार्टीकै कार्यकर्ताले प्रहरीमाथि पेट्रोल खन्याएर आगो लगाउने अति निन्दनिय कार्य गरेको बताउनु भयो । प्राध्यापकमाथि कालोमोसो दल्ने , चितवनमा सरकारी अस्पतालमा पदपुर्तिको आवेदन रोकीनुले सरकारले चितवनमा फेरी यस्ता घटनाले सरकार कुन दिशातिर गइरहेको छ भन्ने प्रष्ट भएको समेत श्रेष्ठले बताउनु भयो ।
नेपाल प्रेस युनियन, चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश सभा साँसद मिलन बाबु श्रेष्ठ, काँग्रेस चितवनका पूर्व सभापति एवम् पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, काँग्रेस चितवनका पूर्व सभापति एवम् पूर्व संविधानसभा सदस्य रामकृष्ण घिमिरे, पूर्व संविधानसभाका सदस्य अन्जनी श्रेष्ठलगायत पार्टीका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया