मनोरञ्जन व्यवसायबारे बहस

चितवन, जेठ १० – भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा आज भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको जेम्स वल्र्ड फन पार्कको सञ्चालन र व्यवस्थापनबारे बहस भएको छ ।
कलेजको लिडरशिप र इन्टरपेर्नर क्लबले आयोजना गरेको कार्यक्रममा फन पार्कका अध्यक्ष महेश तिवारीले मनोरञ्जन व्यवसायको व्यवस्थापन सुरु गरेपछि आफूले गरेको अनुभव र अपनाएको व्यवस्थापन शैलीको बारेमा अवगत गराएका थिए ।
क्याम्पसका प्राध्यापकहरु र एमबीए तथा बीबीए बीआई तहका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा उनले हरेक नयाँ व्यवसाय सञ्चालन गर्न प्रसस्त चुनौतीहरु रहे पनि त्यसलाई आफूहरुले समाधान गर्दै गएको बताए । उनले कुनै नयाँ व्यवसाय सुरु गर्नलाई नेपालमा नै प्रसस्त सम्भावनाहरु रहेको जानकारी गराए ।
ज्ञानको आदानप्रदान कार्यक्रममा कलेजका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाइँले सहजीकरण गरेका थिए । चितवनमा नयाँ व्यवसायको सुरुवात गरेर यसको सफल सञ्चालन गर्दै आएकोले पनि तिवारीबाट व्यवस्थापन र व्यवसायबारे धेरै ज्ञान लिन सकिने बताए ।
कार्यक्रममा एमबीए कार्यक्रम निर्देशक चापागाइँले तिवारीलाई सम्मान गर्दै मायाको चिनो पनि प्रदान गरेका थिए । भरतपुर महानगरपालिका–४ लंकू धर्मचोकमा सञ्चालित जेम्सवल्र्ड फन पार्कले विगत एक महिनामा उत्साहजनक व्यापार गरेको छ ।
फनपार्कका प्रबन्ध निर्देशक ईश्वर विकल सापकोटाले वैशाख १ गतेबाट औपचारिकरुपमा शुभारम्भ गरिएको फन पार्कले विगत एक महिनामा उत्साहजनक व्यापार गरेको ए टु जेड समाचारलाई जानकारी दिए । उनले भने, ‘बिहानले दिनको संकेत गर्छ भने झै हामी एक महिनाको व्यापारबाट निकै आशावादी भएका छौं ।’
चितवनलगायत चितवन आसपासका जिल्लाहरुबाट आएका ग्राहकहरु फन पार्कबाट सबैजना आत्मसन्तुष्ट र खुसी भएर फर्किएका छन् । प्रवन्ध निर्देशक सापकोटाले नेपालबाट मात्र नभएर विदेशबाट पनि पर्यटकहरु पार्कमा आएको बताए ।
उनले विशेष गर्मीको याम भएकोले वाटर पार्कमा ग्राहकहरुको बढी आकर्षण बढेको बताए । त्यसैगरी विद्यालय र कलेजमा विद्यार्थीहरुको पनि हरेक दिन पार्कमा उल्लेखनिय सहभागिता रहेको उनले जानकारी दिए । ग्राहकको चाहना र माग अनुसार आगामी दसैँ र तिहारको अवसरमा थप नयाँ खेलहरु थप्ने योजनामा रहेको उनले बताए ।
तपाइँको प्रतिक्रिया