‘ह्याङ बनायौ’ गायक कर्णराज गिरीको नया गीत ‘मन्जुरी’ को भिडियो सार्वजनिक

गायक कर्णराज गिरीको नयाँ गीत ‘मन्जुरी’ को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गीत संगीतमा आफ्नो भिन्दै स्थान बनाउन
सफल गायक गिरीको यस गीतमा संगीत पनि आफुले नै भरेका छन् ।गीतमा शब्द डिपी खनालको रहेको छ भने संगीत संयोजन कर्णराजले नै गरेका हुन् । गीतमा गिरीलाई फिमेल भोकलमा सुनितामी परियारले साथ दिएकी छिन् ।
गीतको भिडियोमा चर्चित नायिका आँचल शर्मा र अर्जुन जिसीको अभिनय रहेको छ । भिडियोमा आँचल र अर्जुनको अनस्क्रिन रोमान्स देखाइएको छ ।गीतलाई कोरियोग्राफर राजिव समरले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायाँकन रहेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
गायक गिरीले ‘मन्जुरी’ ‘दर्शकको टेस्ट अनुसारकै गीत बनाउने कोसिस गरेको बताए ।उनको यस अघि ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता सफल गीत बजारमा आइसकेका छन् ।
तपाइँको प्रतिक्रिया